ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कुमारी बैंक : कम्पनी विश्लेषण (मंगलवार, ८ भदौ २०७८)

२०७८ भदौ, ८  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अघिल्लो वर्षभन्दा ७२ दशमलव ७४ प्रतिशत बढी खुद नाफा गरेको छ । अघिल्लो वर्ष रु. १ अर्ब १५ करोड ८५ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले गत वर्ष २ अर्ब ११ लाखभन्दा बढी खुद नाफा गरेको हो ।

अघिल्लो वर्षभन्दा कम्पनीको खुद ब्याज आम्दानी ४६ दशमलव ५६ प्रतिशत वृद्धि हुँदा सञ्चालन नाफा ६९ दशमलव १६ प्रतिशत बढेको छ । गत वर्ष कम्पनीले रु. ५ अर्ब २३ करोडभन्दा बढी खुद ब्याज आम्दानी गरेको हो भने रु. २ अर्ब ८५ करोडभन्दा बढी सञ्चालन नाफा भएको हो ।

गत वर्ष चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा अघिल्लो वर्षभन्दा ५३ दशमलव ४९ प्रतिशत वृद्धि भई रु. १ अर्ब ९ करोडभन्दा बढी कायम भएको छ । १० दशमलव ८५ प्रतिशत बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी रु. १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार पुगेको छ भने जगेडा कोष रकम शेयर प्रिमियम र रिटेन्ड अर्निङसहित रु. ५ अर्ब ११ करोड ९८ लाखभन्दा बढी कायम भएको छ ।

बैंकको प्रतिशेयर आम्दानी वार्षिक रु. १४ दशमलव ४२ र प्रतिशेयर नेटवर्थ रु. १३६ दशमलव ८९ रहेको छ । पछिल्लो अन्तिम कारोबार दिन बैंकको शेयर मूल्य प्रतिकित्ता रु. ३८० रहेको छ ।

निष्कर्ष
कम्पनीको ६३ दिनको कारोबार अवधिको अन्तिम दिनमा लामो टुप्पी र छोटो पुच्छर भएको कालो शरीरको मैनबत्ती बनेको छ । यो आकृतिले बजारमा आगामी दिनमा कम्पनीको शेयर मूल्य घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४६ दशमलव १२ बिन्दुमा छ ।

यसले शेयर खरिद विक्री  चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ४ दशमलव ९५ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा काटिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ ।

बिहीबारको शेयर मूल्य रु. ३८० देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ३७१ मा टेवा पाउने र महँगिए रु. ३९५ मा प्रतिरोध पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)