भदौ ११, काठमाडौं । गरिमा विकास बैंकले गत आवमा आकर्षक नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ४२ दशमलव ९२ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आवमा कम्पनीले रू. ५७ करोड ७२ लाख ५५ हजार नाफा कमाएकोमा गत आवमा वृद्धि भएर रू. ८२ करोड ५२ लाख ८८ हजार पुगेको हो ।
गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । खुद ब्याज आम्दानी अघिल्लो आवको तुलनामा गत आवमा १९ प्रतिशत र सञ्चालन नाफा ४३ प्रतिशतले वृद्धि भएको हो ।
त्यसैगरी, गत आवमा नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १७ दशमलव ८२ रहेकोमा गत आवमा वृद्धि भएर रू. २२ दशमलव ४५ पुगेको छ ।
त्यसैगरी, कम्पनीको वितरणयोग्य नाफा रू. ६० करोड ५७ लाख १२ हजार रहेको छ । यही वितरणयोग्य नाफाबाट कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्ने गर्दछ । यस आधारमा कम्पनीको लाभांश क्षमता १६ दशमलव ४७ प्रतिशत रहेको छ । एनएफआरएस प्रणाली अनुसार कम्पनीले आर्जन गरेको नाफाबाट विभिन्न शीर्षकमा छट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो ।
यही वितरणयोग्य नाफा ५ चुक्ता पूँजी×१०० गरेर लाभांश क्षमता निकालिन्छ । कम्पनीले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई गत आवमा १३ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७१०५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरेको थियो ।
१३ दशमलव ५ प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार पुगेको छ । त्यसैगरी कम्पनीले गत आवसम्म जगेडामा रू. १ अर्ब १९ लाख ९४ हजार, रिटेण्ट अर्निङमा रू. ६१ करोड ५७ लाख ८३ हजार र शेयर प्रिमियमा रू. ९७ हजार ६८ सञ्चित गरेको छ ।
सो अवधिमा कम्पनीको प्रतिशेयर नेटवर्थ रू.१४४ दशमलव शून्य १, मूल्य आम्दानी अनुपात २४ दशमलव २३ गुणा र तरलता अनुपात २६ दशमलव ४६ प्रतिशत रहेको छ । यस कम्पनीले सहारा विकास बैंकलाई प्राप्ति गर्ने तयारीमा रहेको छ । सहारा विकास बैंकलाई प्राप्तिपछि कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार पुग्नेछ ।
स्रोतः कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण
प्राविधिक विश्लेषण :
मैनबत्ति चित्र
३० मे २०२१ २६अगष्ट २०२१
स्ट्यान्डर्ड डेभिएशन
३० मे २०२१ २६ अगष्ट २०२१
आरएसआई
३० मे २०२१ २६ अगष्ट २०२१
मुभिङ एभरेज
३० मे २०२१ २६ अगष्ट २०२१
निष्कर्ष :
कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा छोटो टुप्पी र पुच्छर भएको सेतो मैनबत्ति आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयरमूल्य आगामी दिनमा बढ्ने सङेकत देखाउँछ ।
पछिल्लो चार दिनको मैनबत्ती हेर्दा अब सपोर्ट पाएर शेयरमूल्य उकालो लाग्ने अनुमान पनि लगाउन सकिन्छ । आरएसआई न्यूट्रल जोन ६४ दशमलव ३५ विन्दुमा छ । यसले शेयर खरिदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।
कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २२ दशमलवशून्य ५ विन्दुमा छ । उतारचढाव सामान्यरहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् ।
हालको मूल्यरेखा यि दुवै मूल्यरेखा भन्दा माथि छ । बिहीवारको शेयरमूल्य रू. ६८५ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू. ६२७ मा टेवा पाउनेर महङ्गिएमा रू ७२० मा प्रतिरोध पाउने देखिन्छ ।