भदौ १३, काठमाडौं । ज्योति विकास बैंकले गत आवको चौथो त्रैमासमा रू. ७४ करोड १६ लाख ८० हजार नाफा कमाएको छ । अघिल्लो आवको चौथो त्रैमासको तुलनामा कम्पनीको नाफा ५१ प्रतिशतले वृद्धि भएको हो ।
अघिल्लो आवमा सोही अवधिमा कम्पनीले रू. ४८ करोड ८४ लाख ५६ हजार नाफा कमाएको थियो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो ।
नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १३ दशमलव ९७ रहेकोमा गत आवमा वृद्धि भएर रू. १९ दशमलव २९ पुगेको हो । गत आवमा कम्पनीको वितरणयोग्य नाफा रू. ६० करोड ३० लाख ३४ हजार रहेको छ ।
एनएफआरएस प्रणाली अनुसार कम्पनीले आर्जन गरेको खुद नाफाबाट विभिन्न शीर्षकमा छुट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो । यही नाफाबाट कम्पनीले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने गर्दछ । कम्पनीको लाभांश क्षमता १५ दशमलव ६८ प्रतिशत रहेको छ ।
कम्पनीले अघिल्लो आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर वितरण गरेको हो । चुक्तापूँजी रू. ३ अर्ब ८४ करोड ४८ लाख रहेको कम्पनीले जगेडामा रू.८७ करोड ६० लाख ६४ हजार र रिटेण्ड अर्निङमा रू. ६० करोड ५६ लाख ८३ हजार सञ्चित गरेको हो ।
मूल्य आम्दानी अनुपात २४ दशमलव ७८ गुणा, तरलता अनुपात २० दशमलव ७२ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३८ दशमलव ५४ रहेको छ ।
स्रोतः कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण
प्राविधिक विश्लेषण :
मैनबत्ति चित्र :
३१ मे २०२१ २९अगष्ट २०२१
स्ट्यान्डर्ड डेभिएशन :
३१ मे २०२१ २९ अगष्ट २०२१
आरएसआई :
३१ मे २०२१ २९ अगष्ट २०२१
मुभिङ एभरेज :
३१ मे २०२१ २९ अगष्ट २०२१
निष्कर्ष :
कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा छोटो टुप्पी र पुच्छर भएको कालो मैनबत्ति आकृति बनेको छ ।
यस्तो आकृती कम्पनीको शेयरमूल्य बढ्ने वा घट्नेमा अनिश्चित रहेको संकेत गर्छ । आरएसआई न्यूट्रल जोन ६३ दशमलव ९५ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १४ दशमलव४६ विन्दुमा छ ।
उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखा भन्दा माथि छ । आइतवारको शेयरमूल्य रू. ५९३ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू. ५४९ मा टेवा पाउने र महँगिएमा रू ६२३ मा प्रतिरोध पाउने देखिन्छ ।