भदौ २२, काठमाडौं । नबिल बैंकको वितरण योग्य नाफा रू. ४ अर्ब १४ करोड ६२ लाख रहेको छ ।
यहि नाफाबाट कम्पनीले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्छ । एनएफआरएस प्रणाली अनुसार कम्पनीले आर्जन गरेको मुनाफाबाट विभिन्न शीर्षकमा छुट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो । यस मुनाफाको आधारमा कम्पनीको लाभांश क्षमता २९ दशमलव ९४ प्रतिशत रहेको छ ।
अघिल्लो आवको मुनाफाबाट कम्पनीले शेयरधनीलाई ३३ दशमलव ५ प्रतिशत बोनस शेयर र १ दशमलव ७६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गरेको थियो । गत आवको चौथो त्रैमाससम्म कम्पनीले रू. ४ अर्ब ५० करोड ४४ लाख नाफा कमाएको छ । अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा कम्पनीको नाफा ३० प्रतिशतले वृद्धि भएको हो ।
अघिल्लो आवमा कम्पनीले रू. ३ अर्ब ४६ करोड ३२ लाख नाफा कमाएको थियो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको खुद ब्याज आम्दानी १० प्रतिशत र सञ्चालन नाफा २६ प्रतिशतले वृद्धि भएको छ ।
कम्पनीको चुक्तापूँजी रू. १३ अर्ब ८४ करोड ४४ लाख रहेको छ । गत आवमा कम्पनीले जगेडामा रू. १५ अर्ब २ करोड २७ लाख, रिटेण्ड अर्निङमा रू. ४ अर्ब ३० करोड २२ लाख र शेयर प्रिमियममा रू. १५ करोड ८७ लाख ५८ हजार सञ्चित गरेको छ ।
त्यसैगरी, कम्पनीको प्रतिशेयर आम्दानी रू. ३३ दशमलव ४०, मूल्य आम्दानी अनुपात ४० दशमलव ६९ गुणा र प्रतिशेयर नेटवर्थ रू. २४० दशमलव ७३ रहेको छ ।
स्रोत : कम्पनीद्वारा प्रकाशित चौथो त्रैमासिक वित्तीय विवरण
प्राविधिक विश्लेषण :
मैनबत्ति चित्र :
८ जुन२०२१ ७ सेप्टेम्बर २०२१
स्ट्यान्डर्ड डेभिएशन :
८ जुन २०२१ ७ सेप्टेम्बर २०२१
आरएसआई :
८ जुन २०२१ ७ सेप्टेम्बर २०२१
मुभिङ एभरेज :
८ जुन २०२१ ७ सेप्टेम्बर २०२१
निष्कर्ष :
कम्पनीको ६२ दिनको कारोबार अवधिको अन्तिम दिनमा टुप्पी र पुच्छर भएको कालो शरीरको मैनबत्ति बनेको छ । यस्तो आकृतिले बजारमा आगामी दिनमा कम्पनीको शेयरमूल्य घट्न सक्ने संकेत गर्छ । गत कारोबार दिनको तुलनामा कारोबार भोल्युम पनि घटेको छ ।
यस आधारमा कम्पनीको शेयरमूल्य केहि दिनसम्म यहि विन्दुबाट केहि तलमाथि भएर रहेमा त्यहाबाट टेवा पाएर माथि जाने अनुमान पनि लगाउन सकिन्छ । आरएसआई न्यूट्रल जोन ४५ दशमलव शून्य २ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।
कम्पनीको स्ट्यान्डर्ड डेभिएशन १७ दशमलव ९३ विन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम मध्यम हुन्छ भने प्रतिफल पनि मध्यम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् ।
हालको मूल्यरेखा यी दुवै मूल्यरेखा भन्दा तल छ । मंगलवारको शेयरमूल्य रू. १ हजार ४२९ दशमलव ९० देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिएमा रू. १ हजार ३३८मा टेवा पाउने र महँगिएमा रू १ हजार ४७७ मा प्रतिरोध पाउने देखिन्छ ।