बैंकको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ४४ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले अघिल्लो आवमा रु. २ अर्ब २५ करोड १४ लाख ७८ हजार नाफा कमाएकामा गत आवमा वृद्धि भएर रु. ३ अर्ब २५ करोड ४७ लाख ७७ हजार पुगेको हो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको खुद ब्याज आम्दानी २८ प्रतिशत र सञ्चालन नाफा ४३ प्रतिशतले वृद्धि भएको छ । नाफामा वृद्धि भएसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि वृद्धि भएको हो ।
अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी रु. १६ दशमलव १० रहेकामा गत आवमा वृद्धि भएर रु. २० दशमलव २४ पुगेको हो । त्यसैगरी कम्पनीको वितरणयोग्य मुनाफा रु. २ अर्ब ६६ करोड ३१ लाख रहेको छ ।
बिहीबार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. ४८७ कायम रहेको छ ।
निष्कर्ष
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा टुप्पी र पुच्छरसहितको कालो लामो शरीरको मैनबत्ती बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर कारोबार घट्ने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ३९ दशमलव ९३ बिन्दुमा छ ।
यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन ६ दशमलव ४३ बिन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।
त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ ।
बिहीबारको शेयर मूल्य रु. ४८७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ४७९ मा टेवा पाउने र महँगिए रु. ५१३ मा प्रतिरोध पाउने देखिन्छ ।