साल्ट ट्रेडिङमार्फत काम गर्न पाउँदा निकै गर्व लाग्छ
स्व. ईश्वरलाल श्रेष्ठ
पूर्व निर्देशक तथा सञ्चालक, साल्ट ट्रेडिङ कर्पोरेशन
नुनको व्यापार गरेको नाताले साल्ट ट्रेडिङमा डाइरेक्टर हुने मौका पाएँ । नुनकै व्यापार गरेकाले साल्ट ट्रेडिङ स्थापना गर्ने बेला हामीलाई शेयर लिन बोलाइएको थियो । त्यसबेला २५ हजार रुपैयाँ शेयर हालियो । म चेम्बरमा तलदेखि माथिसम्म पुगेको थिएँ । साल्ट ट्रेडिङमा लागेपछि सञ्चालक भएँ । त्यसपछि नेपाल वनस्पति घिउ फ्याक्ट्रीको उपाध्यक्ष र मैदा उत्पादन गर्ने उद्योगको अध्यक्षसम्म भएँ । साल्ट ट्रेडिङ अन्तर्गत अहिले खुलेको ग्यास उद्योगको पनि अध्यक्ष भएको छु । सर्वसाधारणको तर्फबाट रबर फ्याक्ट्रीको सञ्चालक समेत छु । साल्ट ट्रेडिङमार्फत वनस्पति घिउ उद्योग, मैदा मिल, रबर फ्याक्ट्री आदि सञ्चालन गर्दा निकै गर्व लाग्छ । मुलुकका लागि र सारा जनाताको हितमा काम गरिरहेको छु । अहिले ५०/६० वर्ष पुगेका साथीहरूले के काम गर्दै छौ भनेर सोध्दा तिमीहरूलाई खुवाउने काम गर्दै छु भन्थेँ ।
(रेडियो सगरमाथाका लागि वरिष्ठ पत्रकार भैरव रिसालले सञ्चालन गरेको ‘उहिले बाजेका पालामा’ कार्यक्रममा प्रसारित स्व. ईश्वरलाल श्रेष्ठको अन्तरवार्ताबाट साभार गरिएको । सो अन्तरवार्ता उनको स्मृतिमा कर्पोरेट बिजनेश म्यागेजिनले छापेको पुस्तकमा प्रकाशित छ ।’)
संस्थानलाई दीर्घकालसम्म सञ्चालन गर्न राज्यको सहयोग चाहिन्छ
आनन्दप्रसाद ढुंगाना
पूर्वमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
हामीसँग धेरै संस्थान भए । तर राम्रोसँग काम गर्न सक्ने कम छन् । राम्रो गर्नेमध्येको एक हो साल्ट ट्रेडिङ कर्पोरेशन । म मन्त्री हुँदा चिनीको हाहाकार भएका बेला संस्थानले सस्तो र सर्वसुलभ रूपमा आपूर्ति गरेर ठूलो सहयोग पु¥याएको थियो । मेरै कार्यकालमा जापान सरकारले सहयोग गरेको रू. ८ करोडको गोदामको व्यवस्था गरिदियौं । त्यतिबेला अरू संस्थानलाई छाडेर साल्ट ट्रेडिङलाई नै दिनुको कारण उसले व्यवस्थित रूपमा गोदामको उपयोग गर्न सक्छ भनेर नै हो । यो संस्थानलाई दीर्घकालसम्म सञ्चालनका लागि राज्यको सहयोग चाहिन्छ । आयोडिनयुक्त नुनबाट कारोबार शुरू गरेको संस्थानले नेपालमा खासगरी गलगाँड जस्तो ठूलो रोग उन्मूलनमा महŒवपूर्ण भूमिका निर्वाह गरेको छ । त्यसलाई हामीले बिर्सनु हुँदैन । अहिले पनि संस्थानलाई गोदामको समस्या छ । यसको व्यवस्थापनमा राज्य नै लाग्नुपर्ने देखिन्छ । शेयर विवाद पनि लामो समयदेखि चलिरहेको छ । सरकारले अनुदानलाई पूँजीमा रूपान्तरण गर्न खोज्नु संस्थानलाई डुबाउने प्रयास गर्नु हो । त्यसो गरिनु हुँदैन । यसमा यथाशीघ्र निकास खोजिनुपर्छ । सरकारले नुन ढुवानीका लागि अनुदान दिने गरेको छ । दुर्गमका लागि दिने गरिएको ढुवानी अनुदानलाई निरन्तरता दिइनुपर्छ ।
साल्ट ट्रेडिङलाई हस्तक्षेपविना काम गर्न दिइनुपर्छ
सुनीलबहादुर थापा
पूर्वमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्ति
सरकारी र निजीक्षेत्रको संयुक्त पहलमा स्थापित साल्ट ट्रेडिङ कर्पोरेशन आफ्नो सेवामार्फत आम उपभोक्ताको विश्वास जित्न सफल छ । नुनबाट व्यापार शुरू गरेर खाद्यवस्तु र ग्यास समेत सहज रूपमा विक्री गर्न सक्नु संस्थाको सकारात्मक पाटो हो । आयोडिनयुक्त नुन नेपालका विकट ठाउँमा पु¥याउन संस्थाको नेटवर्किङ चुस्त छ । अर्को महŒवपूर्ण पक्ष त यो संस्था महिलाको नेतृत्वमा हाँकिएको छ, जुन अन्य महिलाका लागि पनि उदाहरणीय छ । दशैं, तिहारका बेला चिनीको हाहाकार हुने गरेकोमा संस्थानले सर्वसुलभ हिसाबले यसको विक्री गर्दै आएको छ । यसबाट आम उपभोक्ता लाभान्वित हुने गरेका छन् । दशैं, तिहारमा मात्रै नभई अरू बेला पनि यसलाई निरन्तरता दिन सरकारको साथ र समन्वयको खाँचो देखिन्छ । बेलाबेला ग्यासको अभाव हुँदा समेत संस्थाले सुलभ रूपमा विक्री वितरण गर्दै आएको छ । यो निकै सकारात्मक छ । संस्थालाई अझै सुढृढ नेटवर्किङका साथ अघि बढाउने हो भने भोलिको दिनमा कुनै संकट आइपर्दा आपूर्ति व्यवस्थापन प्रभावित हुन पाउँदैन । साल्ट टे«डिङलाई अघि बढाउने सन्दर्भमा मन्त्रालय, मन्त्रीबाट अनावश्यक हस्तक्षेप गरिनुहुन्न । यसलाई पारदर्शी रूपमा अघि बढाउनुपर्छ ।
महामारी तथा संकटका बेला ठूलो भरथेग बनेको छ
लेखराज भट्ट
पूर्वमन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय
अनुदानमा नुन दुर्गमसम्म पुर्याउनेदेखि खाद्य सामग्री विक्री गर्नेसम्मको कार्यमा सल्ट ट्रेडिङले विगतदेखि नै काम गरिरहेको छ । यो सराहनीय छ । बजारमा महँगी, कालोबजारी हुँदा, महामारी तथा संकटका बेला राज्यले साल्ट ट्रेडिङलाई प्रयोग गर्दै आएको छ । यो निकायलाई सरकारले हस्तक्षेपकारी निकायको रूपमा प्रयोग गर्दै आउनु राम्रो पक्ष हो । यसले बजारमा हुने विकृति रोक्न ठूलो मद्दत पुगेको छ । साल्ट ट्रेडिङको आन्तरिक तथा बाह्य व्यापारिक सम्बन्धको सञ्जाल पनि ठूलो छ, जसकारण उसले आवश्यक सामग्रीको जोहो गर्दै छिटो, छरितो ढुवानी र आयातित वस्तुको व्यवस्थापनमा सफलता पाएको छ । साल्ट ट्रेडिङलाई अझ बलियो संस्थाको रूपमा अघि बढाउन हिजोका दिनमा भए/गरेका कामहरूको समीक्षा गरी थप योजना तय गर्नुपर्छ ।
संकटका बेला संस्थाले पुर्याएको योगदान महत्त्वपूर्ण छ
दीपक सुवेदी
पूर्व सञ्चार सचिव
साल्ट ट्रेडिङ ५८ वर्षको परिपक्व अवस्थामा पुग्नुको पछाडि तीनओटा पक्ष एकदमै मजबूत छन् । बोर्ड एकदम पेशागत छ, जहाँ विज्ञ व्यक्तिहरू हुनुहुन्छ । अर्को व्यवस्थापन हो । सीईओ उर्मिला श्रेष्ठ व्यवस्थापनको शीर्ष पदमा भए पनि सामान्य कामका लागि समेत आफै खट्नुहुन्छ, जुन निकै सकारात्मक पक्ष हो ।
संस्थाको बलियो अर्को पक्ष त्यहाँका कर्मचारी हुन् । मैले धेरै संस्थाहरू हेर्ने मौका पाएकोमा अन्य संस्थामा ट्रेड युनियनले विभिन्न आन्दोलन गरेर संस्थालाई अघि बढ्न दिइरहेका हुँदैनन् । तर साल्ट ट्रेडिङका कर्मचारी पनि दिलोज्यान दिएर संस्थालाई अघि बढाउन लागिपरेका छन् । साल्ट ट्रेडिङले प्रत्येक घरमा आयोडिनयुक्त नुन पुर्याएको छ । व्यवसायलाई सेवाको रूपमा अँगालेर आयोडिनयुक्त नुन आम उपभोक्ताको पहुँचमा पुर्याएकाले पनि संस्था यो उचाइमा पुगेको हो । मुलुकभर यसको आपूर्ति व्यवस्था अति चुस्त छ । संस्थाले करीब एक वर्षलाई पुग्ने आयोडिन नुनको मौज्दात राखेको हुन्छ । साथै गुणस्तरीय खाद्यवस्तु विक्री, सुपथ मूल्य पसल सञ्चालन लगायत कारणले पनि संस्था लोकप्रिय छ । विगतमा अभावका बेला समेत व्यवस्थित रूपमा ग्यास आपूर्ति गरेर संस्थाले ठूलो संकट टारेको छ । यस्तै मैदा पनि आफै उत्पादन गरेर बजारमा पुर्याइरहेको छ । चिनी र मल सर्वसुलभ रूपमा बेच्ने गरेको छ । यो पनि संस्थाले गरिरहेको महत्त्वपूर्ण योगदान हो । उत्कृष्ट ढंगले कार्यसम्पादन गर्न सक्ने भएकाले साल्ट ट्रेडिङ यो स्थानमा छ । यी सबै हिसाबले शेयर बजारमा आज साल्ट ट्रेडिङको जुन हैसियत छ, त्यसबाट पनि संस्थाको उचाइ थाहा हुन्छ ।