कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र १ दशमलव ३२ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृति र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । हाल कम्पनीको चुक्ता पुँजी रु. २५ करोड ६९ लाख ८० हजार रहेको छ ।
२५ प्रतिशत बोनस शेयर वितरणपछि पुँजी रु. ३२ करोड १२ लाख २२ हजार पुग्नेछ । पछिल्लो कारोबार दिन बिहीबार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रु. १ हजार ७६९ कायम भएको छ ।
निष्कर्ष
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा ह्याम्मर बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य घट्दो अवस्थामा रहेको संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४४ दशमलव २६ बिन्दुमा छ ।
यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३६ दशमलव ८२ बिन्दुमा छ । उतारचढाव उच्च रहेको देखाउँछ ।
यस्तो अवस्थामा जोखिम उच्च हुन्छ भने प्रतिफल पनि उच्च हुने गर्दछ । त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा काटिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ ।
बिहीबारको शेयर मूल्य रु. १ हजार ७६९ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिए रु. १ हजार ८३९ मा प्रतिरोध पाउने र सस्तिए १ हजार ६७७ मा टेवा पाउने देखिन्छ ।