ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (सोमवार, ४ असोज २०७८)

२०७८ असोज, ४  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

कम्पनीले गत आवको मुनाफाबाट यस वर्ष शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशलमव ५३ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृति  र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

अघिल्लो वर्षको मुनाफाबाट कम्पनीले गत वर्ष शेयरधनीलाई ९ दशमलव ५० प्रतिशत बोनस शेयर र ४ दशमलव १८४२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । कम्पनीले असार मसान्तसम्म रु. १४ करोड १५ लाख २८ हजार नाफा कमाएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी रु. ८७ करोड ६८ लाख ११ हजार रहेको छ । प्रस्तावित १० प्रतिशत बोनस शेयर वितरणपछि पुँजी रु. ९६ करोड ४४ लाख ९२ हजार पुग्नेछ ।

निष्कर्ष
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा टुप्पी र पुच्छरसहितको कालो मैनबत्ती बनेको छ । कारोबार भोल्युम भने बढेको छ । यस्तो आकृतिले बजारमा आगामी दिनमा कम्पनीको कारोबार हालकै प्रवृत्तिमै निरन्तर रहने संकेत गर्छ । आरएसआई न्यूट्रलजोन ४५ दशमलव ९३ बिन्दुमा छ ।

यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३३ दशमलव शून्य ६ बिन्दुमा छ । उतारचढाव उच्च रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम उच्च हुन्छ भने प्रतिफल पनि उच्च हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकआपसमा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ ।
बिहीबारको शेयर मूल्य रु. १ हजार ४० देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. ८६७ मा टेवा पाउने र महँगिए रु. १ हजार १३० मा प्रतिरोध पाउने देखिन्छ ।

 

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)