ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्वरोजगार लघुवित्त वित्तीय संस्था : कम्पनी विश्लेषण (मंगलवार, ५ असोज २०७८)

२०७८ असोज, ५  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृति र कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

कम्पनीको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । हाल कम्पनीको चुक्ता पुँजी रु. ४१ करोड १२ लाख ७९ हजार रहेको छ ।

२५ प्रतिशत बोनस शेयर वितरणपछि पुँजी रु. ५१ करोड ४० लाख ९८ हजार पुग्नेछ । कम्पनीको लाभांश गत वर्षभन्दा यस वर्ष बढेको छ । कम्पनीले अघिल्लो वर्ष शेयरधनीलाई १२ दशमलव ३९ प्रतिशत बोनस शेयर वितरण गरेको हो ।

कम्पनीले असार मसान्तसम्म रु. १५ करोड ४३ लाख २१ हजार नाफा कमाएको थियो ।

निष्कर्ष
कम्पनीको ६० दिने कारोबार अवधिको अन्तिम दिनमा कालो ओपनिङ मारुबोजू बनेको छ । यस्तो आकृतिले बजारमा आगामी दिनमा कम्पनीको कारोबार हालकै प्रवृत्तिमै निरन्तर रहने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ४८ दशमलव ६७ बिन्दुमा छ ।

यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २५ दशमलव १९ बिन्दुमा छ । उतारचढाव उच्च रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम उच्च हुन्छ भने प्रतिफल पनि उच्च हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकै बिन्दुमा छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखालाई काटेर तल झर्न लागेको छ ।

सोमबारको शेयर मूल्य रु. १ हजार ५२८ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिए १ हजार ५८० मा प्रतिरोध पाउने र सस्तिए रु. १ हजार ४६० मा टेवा पाउने देखिन्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)