ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्टार्टअप समिट अवार्ड्स विशेष-२

२०७८ मंसिर, १६  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found

प्रशिक्षण कार्यक्रम स्टार्टअपहरूका लागि लाभदायी

अमित अग्रवाल
संस्थापक तथा निर्देशक, खल्ती डिजिटल वालेट

समग्रमा यो कार्यक्रमबाट हामी स्टार्टअपहरूका लागि निकै लाभ भयो । आशुतोष तिवारी, रञ्जित आचार्य, महावीर पुन जस्ता हस्तीहरूबाट धेरै कुरा सिक्न पाइयो । तर विज्ञहरूको कुरा सुनेर मात्र सफल भइने होइन । आफैले काम गर्न थालेपछि मात्र सिकाइ पक्का हुन्छ । स्टार्टअप व्यवसाय भनेको चेस खेले जस्तै हो । अर्काले चालेको चाल नै दोहोर्‍याएर चेस जितिँदैन । आफ्नै भिन्ने चाल चाल्नुपर्छ । यस क्रममा असफल पनि भइन्छ, चुनाैती सामना गर्ने हिम्मत बढछ् र सिकिन्छ पनि । सफलताको एउटै मन्त्र छैन । आफै मेहनेत गर्न पर्छ । अहिले सबैजसो स्टार्टअपलाई सही र प्रतिबद्ध सहकर्मी पाउन सबैभन्दा ठूलो चुनौती रहेको छ ।

यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्छ

रञ्जित आचार्य
अध्यक्ष, स्टार्टअप तथा इन्नेभेशन समिति, नेपाल
उद्योग वाणिज्य महासंघ

यो तालीम कार्यक्रम सफल रह्यो । हाइब्रिड विधिले सञ्चालन भएको यो कार्यक्रममा भौतिक रूपमा तथा इन्टरनेटको माध्यमबाट धेरैले सहभागी हुन पाउनुभयो । कतिपय स्टार्टअप उद्यमीहरूले विज्ञहरूसँग सोझै सम्पर्क गर्न पाउनुभयो । उहाँहरूलाई आफ्ना प्रश्न र संशयहरूको निवारण गर्ने अवसर मिल्यो ।

स्टार्टअप करको दायरा बढाउने एजेन्ट हो

सुमन रायमाझी
प्रबन्ध निर्देशक, उपाय सिटी कार्गाे
बेस्ट स्टार्टअप २०२१

यो कार्यक्रम हाम्रा लागि फलदायी  सम्मानित हुने सोचेका पनि थिएनौं । यसले मलाई मात्रै नभई हाम्रो टिमलाई नै अर्काे तहमा पु¥याएको छ । साँच्चिकै नेपाली युनिकर्न बन्न प्रेरित गरेको छ । १ बिलियन डलर नभए पनि युनिकर्न बन्ने रणनीति र योजना बनाउन हामीलाई यो कार्यक्रमले प्रेरित गरेको छ, जुन पहिलो खुड्किलो हो । हाम्रो स्टार्टअप शुरू भएको २ वर्ष भइसकेको छ । यसबीचमा आम्दानी र फण्ड जोड्न सकिएको छ । अझ बढी गर्नु छ । स्टार्टअप बिजनेशमा केही अस्पष्ट नीति छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघमा पनि स्टार्टअपका विषयमा कुरा भइरहेका छन् । हाम्रो चाहना के भने पछिल्लो समय टुटलमाथि करको विषयलाई लिएर जे भए,  त्यो नहोस् भन्ने हो । धेरै मेहनत गरेर यो स्थानसम्म आइसकेका छौं । सरकारले अहिले पनि अनौपचारिक क्षेत्रलाई जसरी औपचारिक बनाउँदा पुरानै कर प्रणाली लागू गर्न खोजेको छ, त्यसले उल्लेख्य घाटा बेहोर्नुपर्छ । यसका लागि सरकारले २/३ वर्षको अवधिलाई संक्रमणकालीन समय मानेर सोही किसिमले व्यवहार देखाउने र करमा पनि हेरफेरको नीति लिनुपर्छ । अनौपचारिक मानिएको यो व्यवसायलाई औपचारिक क्षेत्रमा ल्याउँदा करका दरमा हेरफेर गर्नैपर्छ । स्टार्टअप भनेको सरकारको करको दायरा बढाउने एजेन्ट हो । यो व्यवसाय र बिजनेश बढ्दो अवस्थामा हुन्छ ।

सम्मानले उत्साहित भएका छौं

रविन बञ्जरा
प्रोजेक्ट म्यानेजर, एडमाना टेक्नोलोजी प्रालि, उत्कृष्ट पाँचमा परेको कम्पनी

एडमाना इनहाउस सफ्टवेयर कम्पनी हो । न्यू बिजनेश एजले १ हजार ५०० स्टार्टअपलाई सर्टलिस्ट गर्दा टप ५ मा पर्नु हाम्रा लागि ठूलो उपलब्धि भएको ठान्छु । हामी अहिले बढ्दो क्रममा छौं । बिजनेश र इनोभेसनमा थप काम गर्नु छ । यसले अबको पुस्ता तथा स्टार्टअपमा आउने उद्यमीलाई प्लार्टफमका साथै सिकाइ मिलेको छ । बैंक तथा सरकारी तवरबाट पनि साना उद्यमी तथा स्टार्टअप लक्षित सहुलियत आउने र एसएमईज्लाई राम्रो प्लाटफर्म बनाइदिने हो भने धेरै परिर्वतन देखिन सक्छ । सरकार भाषणमा मात्रै नभएर कार्यान्वयनमा गए मात्र एउटा स्र्टाटअप स्टार्टअपकै रूपमा मात्रै नभई कर्पाेरेट लेभलमा पुग्न सक्छ । अर्काेतर्फ हामीले आइडिया पिच गर्दा लगानीकर्ताले नबुझ्ने प्रचलन छ । यसले गर्दा पनि थप आइडिया बुष्ट हुने मौका पाउँदैनन् ।

आइडियाले सम्मान पाउँछ भन्ने उदाहरण हो

स्वाभिमान आचार्य
को–फाउन्डर, लिफ प्लस प्रालि, दोस्रो सर्वोत्कृष्ट स्टार्टअप २०२१

पक्कै पनि यस्ता कार्यक्रमले स्टार्टअपलाई उत्साह र प्रेरणा मिल्न सक्छ । आफूले गरेका एवं आफ्नो आइडिया सम्मानित र मान्यता पाउँदा निकै उत्साहित छौं । स्टार्टअप बिजनेशमा लागेकालाई यस्ता कार्यक्रमले आफूले गरेका कामको मूल्यांकन बजारले गरिरहेको छ र सम्मान पनि पाउँछ भन्ने उदाहरण स्थापित गरेको छ । स्टार्टअपमा लागेकालाई यो कार्यक्रमले प्रेरणा दिएको छ । स्टार्टअपले धेरै बाधा–अड्चन सामना गर्नुपर्छ नै । कतिपय सरकारी नीतिका कारण हुन सक्छ । व्यवसाय दर्तादेखि नै समस्या सामना गर्नुपर्छ । तर, त्यसलाई छिचोलेर  अघि बढ्नुपर्छ । बिजनेस सुरु गर्दा  प्रक्रियागत विषय त्यति धेरै थाहा हुँदैन । नीतिगत तथा नियामक निकायमा धेरै समस्या देखाइन्छ । यो हामीले मात्रै नभई नेपालभरको स्टार्टअप इकोसिस्टमले नै सामना गरिरहेको छ । यसको सुधारका लागि सरोकारवालाले विषय उठान गरिरहेकाले छिटै समाधान हुने अपेक्षा छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)