ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सबै स्टार्टअपहरू सफल हुँदैनन्

२०७८ मंसिर, १६  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found

शेखर गोल्छा
अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

भनिन्छ नि, कठिन समयले एकदमै मजबूत नेता/नेतृत्वहरू जन्माउँछ । त्यस्ता नेताले सहज समय लिएर आउँछन् र त्यो सजिलो समयले कमजोर नेतृत्व जन्माउँछ । त्यो कमजोर नेतृत्वले फेरि संघर्ष गर्नुपर्छ र पुनः राम्रो समय आउँछ । मैले यो किन भनेको हो भने अहिले नेपालमा चुनौतीपूर्ण समय चलिरहेको छ । यो हामी सबैलाई थाहा छ । भावी नेतृत्वले यो देशको उद्यमशीलतालाई धेरै अघि लैजानेछन्, मैले त्यो देखिरहेको छु । उद्योग वाणिज्य महासंघले स्टार्टअपलाई एकदमै महत्त्वका साथ अघि बढाइरहेको छ । महासंघ एउटा भिजन लिएर अघि बढिरहेको छ । त्यो भिजनअन्तर्गत २०३० सम्ममा नेपालको अर्थतन्त्रलाई १०० विलियन पुर्‍याउने, २२ लाख युवालाई देशमै रोजगारी दिने, व्यापार घाटालाई ५० प्रतिशतभन्दा कम गर्ने कुरा छन् । त्यो कसरी गर्न सक्छौं भन्ने गुरुयोजनाका साथ हामी अघि बढिरहेका छौं । हामीले विभिन्न चुनौतीलाई पहिचान समेत गरेका छौं । ती चुनौतीलाई समाधान गर्न सकियो भने यो गुरुयोजना कार्यान्वयनमा लैजान सक्छौं र लक्ष्य प्राप्त गर्न सफल हुनेछौं । यो गुरुयोजनाको मुख्य भाग स्टार्टअप रहेको छ । किनकि, जबसम्म उद्यमशीलता विकास हुँदैन, हामी यही व्यापार घाटाजस्ता विद्यमान समस्याबाट गुज्रिरहनुपर्नेछ । देशमा उत्पादन, सेवा क्षेत्रको विकास, विस्तार गर्न जरुरी रहेकाले नवउद्यमी ल्याउनैपर्छ ।  सबै स्टार्टअप सफल हुँदैनन् । यो यसलाई हामीले सहज रूपमा स्वीकार्न जरुरी छ । स्टार्टअप जुन, जसले शुरू गर्दै हुनुहुन्छ, जो नीति निर्माता, बैंकर्सहरू छन् सबैले यो विर्सन हुँदैन । सबै सफल हुन्छन् भन्ने हुँदैन । हामीले भिजन पेपरमा पहिचान गरेका चुनौतीमा नीतिगत सुधार भन्ने पनि छ । स्टार्टअपलाई कम्पनी दर्तादेखि अन्य कतिपय झन्झटिलो कानूनी व्यवस्था छ, त्यो हटाउनुपर्छ भन्नेबारे हाम्रो भिजन पेपरले बताएको छ । अर्को कुरा, हामीले चाहेको स्टार्टअपलाई विनाधितो कर्जा प्रवाह हुन सकोस् र यस्तो कर्जालाई सुरक्षण गर्न कुनै न कुनै तरिकाले बीमा गर्न सकौं भन्ने हो । त्यो गर्न सकियो भने स्टार्टअप र उद्यमशीलताको विकास, विस्तार पक्कै हुन सक्नेछ । अर्को कुरा, स्टार्टअपले कम ब्याजदरमा आफ्ना ‘प्रोजेक्टलाई फण्ड’ गर्न सकून् । यो पनि महासंघको प्राथमिकतामा छ ।  यसमा हामीले लबिइङसमेत गरिरहेका छौं । यसमा केही नीतिगत सुधारको काम भएको त छ, तर त्यो पर्याप्त छैन । ब्याजदर, फाइनान्सियल चार्ज बढी हुँदा अहिले उद्यमीहरू मर्कामा परिरहेका छन् । साना मझौलासँगै स्टार्टअप गर्ने उद्यमीलाई सहुलियतपूर्ण दरमा फाइनान्सिङ सुविधा हुनैपर्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)