ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाली ब्रान्डका सामानबाटै तयार हुन्छ घरभित्रै आधुनिक बाथरुम

२०७८ मंसिर, १७  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाली  परम्परागत जीवनयापनमा घरभित्रै स्नानघर बनाउने चलन नरहेको र  शौचालय घरभन्दा केही टाढा बनाउने प्रचलन भए पनि बढ्दो सहरीकरणका कारण आधुनिक घरमा घरभित्रै सुविधासम्पन्न बाथरुम अनिवार्य आवश्यकता भइसकेको छ । त्यसैले केही दशक पहिलेसम्म सुविधासम्पन्न होटलमा मात्र देखिने आधुनिक शैलीको बाथरुम हिजोआज हरेक आधुनिक घरको अभिन्न अंग बनिसकेको छ ।

बाथरुम हेरेर उक्त घरको सरसफाइको स्तर आकलन गर्न सकिन्छ ।  यसैबाट थाहा हुन्छ कि घरको महत्वपूर्ण भाग बाथरुम पनि हो ।  त्यसैले नयाँ घर बनाउँदा वा पुननिर्माण गर्दा बाथरुम निर्माणलाई पनि प्राथमिकतामा राख्नु जरुरी हुन्छ । सफा, चिटिक्क र आकर्षक बाथरुम बनाइनुमा कुनै पनि सम्झौता गरिनुहुन्न ।  

निजी घरमा सुविधासम्पन्न बाथरुम बनाउदा धेरै थरी सामग्री आवश्यक पर्दछ । त्यस्ता सामानको कारखाना नेपालमा नभएकाले विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहेको हुँदा घरधनीलाई बाथरुम तयार गर्न आर्थिक भार पर्ने गर्दछ । त्यसैले आधुनिक बाथरुम बनाउन रहर हुदाँहुँदै पनि सम्झौता गर्नुपर्ने अवस्था पनि आइपर्न सक्छ । तर, यसका लागि अहिले नेपाली कम्पनीले नै घरायसी सामग्री (होम अप्लायन्स) को ब्रान्डिङ गरेर नेपाली ब्रान्डको रूपमा सुलभ मूल्यमा त्यस्ता सामान बजारमा उपलब्ध गराएकाले स्वदेशी ब्रान्ड उपयोग गर्नुको आत्मसन्तुष्टि साथै निर्माणमा पर्ने मूल्यमा पनि राहत महसुस गर्ने अवसर मिलेको छ ।

सामान्यतः घरको बाथरुममा शौचका लागि कमोड्, स्प्रे ट्याप (सरसफाइको धारा), नुहाउन धारा (तातो–चिसो पानी आउने), हातमुख धुनका लागि सिंक, साबुन, ब्रस, टुथपेस्ट आदि राख्ने होल्डर, ट्वाइलेट टिस्यु होल्डर, स्याम्पु, साबुन, अतिरिक्त ट्वाइलेट पेपर, सरसफाइका सामान राख्न स्टोर क्याबिनेट, तौलिया तथा अतिरिक्त कपडा झुन्ड्याउने ह्यांगर, शृंगारका लागि ऐना आदि सामग्री हुनु जरुरी छ । पहिले–पहिले यी सामग्री महँगा विदेशी ब्रान्डमा मात्र उपलब्ध थिए तर पछिल्लो समय नेपाली ब्रान्डमा पनि उपलब्ध छन् ।  

घरको बाथरुम, भान्सा आदिमा चाहिने सामग्री (होम अप्लायन्स÷ स्यानिटरी वायर) नेपाली बजारमा उपलब्ध गराउने पहिलो नेपाली ब्रान्ड होमटेक नेपालले एउटा आधुनिक बाथरुममा चाहिने माथि उल्लिखित सबैजसो सामग्र्री होमटेक ब्रान्डकै नाममा उपलब्ध गराउँदै आएको छ ।  होमटेक नेपालका डाइरेक्टर सरोज न्यौपानेका अनुसार उपभोक्ता चाहना र  क्षमताअनुसार होमटेक ब्रान्डका इकोनोमिकदेखि लक्जरियस उत्पादन उपलब्ध छन् र तिनको मूल्य पनि सोहीअनुसार राखिएको छ । उनको भनाइमा घरको बाथरुममा चाहिने माथि उल्लिखित सबै सुविधायुक्त सामान होमटेक नेपालकै मात्र राखेर तयार गर्दा सस्तोमा ३५ हजार रुपैयाँसम्म पर्न जान्छ ।  त्यस्तै, सामानमा ग्राहक छनोटको आधारमा मूल्य बढ्दै जान सक्छ । सबैभन्दा सुविधायुक्त (लग्जरियस) बाथरुम तयार गर्न होमटेकको प्याकेज मूल्य १ लाख ६० हजार रुपैयाँ रहेको छ ।  लग्जरियस बाथरुम प्याकेजमा अटोमेटिक वासलेट अर्थात् शौच गरिसकेपछि आफैं सफा गर्ने सुविधासमेत भएको अत्याधुनिक कमोड समाविष्ट हुने उनले बताए । यहाँ उल्लिखित मूल्य उही स्तरका अन्तराष्ट्रिय ब्रान्डको सामानभन्दा ४० प्रतिशतसम्म सस्तो रहेको उनको दाबी छ । सुलभ मूल्यमा सामान उपलब्ध गराउँदा गुणस्तरमा कुनै सम्झौता नभएको र सामानअनुसार तीन वर्षदेखि १० वर्षसम्मको वारेन्टी तथा ग्यारेन्टी सुविधा दिइने उनले सुनाए ।

जेहोस्, आधुनिक घरको अभिन्न स्थान बाथरुममा चाहिने आधुनिक सुविधायुक्त  सामग्रीका लागि विदेशी ब्रान्डको मात्र भर पर्नुपर्ने अवस्था अन्त्य हुनु सुखद पक्ष हो ।  घर निर्माण वा पुननिर्माणको क्रममा बाथरुम निर्माण र त्यहाँ संलग्न हुनुपर्ने सुविधातर्फ यथेष्ट ध्यान दिउँ र सकेसम्म नेपाली ब्रान्डलाई उपयोग गरेर थप खुसी अनि ढुक्क होऔं । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)