पुस ११, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार बजार खुलेको साढे तीन घण्टाको अवधिमा साता ओटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
करोबारमा आएका २२८ ओटा धितोपत्रमध्ये सात ओटा धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको हो । सर्किट लाग्ने कम्पनीहरुमा जीवन बीमा कम्पनी र निर्जिबन बीमा कम्पनीहरु रहेका छन् ।
उक्त अवधिसम्ममा नेशनल लाइफ इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स ,नेपाल लाइफ इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स,गुराँस लाइफ इन्स्योरेन्स,सानिमा लाइफ इन्स्योरेनस र प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्यमा सर्किट लागेको हो ।
ती सात ओटै कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।
नेशनल लाइफ इन्स्योरेन्सको शेयरमूल्य प्रतिकित्ता रू. ९५१ दशमलव ५०,युनाइटेड इन्स्योरेन्सको रू. ६८२, नेपाल लाइफ इन्स्योरेन्सको रू.१ हजार ५३३ दशमलव ४०, गुँरास लाइफ इन्स्योरेन्सको रू. ५७५ दशमलव ३०,सानिमा लाइफको रू. ५३५ दशमलव ७० र प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य रू. ८११ दशमलव ८० पुगेको हो ।
बजार बढेसँगै लगानीकर्ताको आकर्षण यो दिन बीमा कम्पनीहरुको शेयरमूल्यमा परेको छ ।