ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल नागरिक उड्डयन प्राधिकरण तथा उड्डयन क्षेत्रको विकास क्रम

२०७८ पौष, १६  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary NA
  • वि.सं. २००६ मा भारतीय राजदूत सरजित सिंहको चारसीटे जहाज पहिलोपटक गौचरणमा अवतरण
  • वि.सं. २००७ मा पहिलोपटक हिमालयन एभिएसनको ड्याकोटा जहाज गौचरणबाट कलकत्तासम्म चार्टर्ड उडान
  • वि.सं. २०१२ मा राजा महेन्द्रबाट गौचरण विमानस्थलको औपचारिक उद्घाटन भई त्रिभुवन विमानस्थलमा रूपान्तरण
  • वि.सं. २०१४ मा नागरिक उड्डयन विभाग गठन र विमानस्थलको घाँसे धावन मार्गको कालोपत्र
  • वि.सं. २०१५ मा तत्कालीन शाही नेपाल वायुसेवा निगमको नियमित हवाई (आन्तरिक र बाह्य) सेवा शुरू
  • वि.सं. २०१६ मा प्राधिकरण संस्थानमा परिणत
  • वि.सं. २०१७ मा प्राधिकरणले अन्तरराष्ट्रिय हवाई सेवा प्रदायक संस्था आईकाओको सदस्यता लिएको
  • वि.सं. २०२१ मा त्रिभुवन विमानस्थल अन्तरराष्ट्रिय विमानस्थलमा परिणत
  • विमानस्थलको ३ हजार ७५० फिट लामो धावनमार्ग ६ हजार ६०० फिटमा विस्तार
  • वि.सं. २०२४ मा जर्मनीको लुफ्थान्सा बोइङ–७०७ काठमाडौंमा अवतरण
  • वि.सं. २०२५ देखि नेपाल–थाइल्याण्ड नियमित हवाई सेवा शुरू
  • वि.सं. २०२९ मा नेपाल एयरलाइन्सको पहिलो बोइङ ७२७–१०० बाट हवाई सेवाको थालनी । सोही वर्षदेखि नेपाली एटीसी प्राविधिकबाट समेत सेवा शुरू
  • वि.सं. २०४६ मा पहिलोपटक अन्तरराष्ट्रिय टर्मिनल निर्माण सम्पन्न
  • वि.सं. २०४९ मा उद्धार उड्डयन नीति लागू र आन्तरिक हवाई सेवामा निजीक्षेत्रको प्रवेश शुरू
  • विंसं. २०५१ देखि दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि स्थान छनोट अध्ययन प्रक्रिया आरम्भ
  • वि.सं. २०५७ मा नागरिक उड्डयन नीति लागू
  • वि.सं. २०५२ मा आन्तरिक टर्मिनल भवन विस्तार
  • २०५९ मा एयर कार्गाे सेवा शुरू
  • वि.सं. २०६२ देखि निजी हवाई सेवा प्रदायकबाट अन्तरराष्ट्रिय हवाई सेवा शुरू
  • वि.सं. २०६३ मा नयाँ हवाई नीति निर्माण
  • वि.सं. २०६४ मा इतिहाद, ड्र्यागन, सिल्क, ओरियन्ट, थाई र हङकङ एक्सप्रेसद्वारा अन्तरराष्ट्रिय सेवा शुरू
  • वि.सं. २०७० देखि विमानस्थलमा स्वचालित उपकरण तथा मेशिन जडान गर्ने योजना सार्वजनिक
  • वि.सं. २०७१ मा भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण शुरू
  • वि.सं. २०७४ मा पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माण प्रारम्भ
  • वि.सं. २०७५ मा भट्टे डाँडामा राडर जडान
  • वि.सं. २०७५ त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालन
  • वि.सं. २०७५ मै धनगढी विमानस्थलमा रात्रिकालीन उडान, सिमरा पनि थप
  • वि.सं. २०७५ मा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुटिक एयरपोर्टमा रूपान्तरण
  • पोखरा, भैरहवा अन्तरराष्ट्रिय विमानस्थल निर्माण प्रारम्भ
  • वि.सं. २०७७ मा प्रदेश तथा स्थानीय तहसँगको समन्वयमा विमानस्थल निर्माण शुरू
  • विराटनगर विमानस्थल जस्ता अन्य विमानस्थलमा संघीय सरकारको लगानी पनि हुनेगरी आन्तरिक विमानस्थलमा स्थानीय र प्रदेश सरकारको स्वामित्व हुनेगरी निर्माणमा समझदारी
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)