ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुन्दर र सहज व्यवस्थापनका लागि मोड्युलर किचन

२०७८ माघ, ७  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । मानिस स्वभाव प्रकृति र परिवर्तनप्रेमी दुवै हुन्छ । मानिस यसकारण प्रकृतिप्रेमी हो किनकि उसलाई राम्रोसँग ज्ञान छ, कुनै समय पृथ्वीमा डाइनासोर थियो । उसलाई यो पनि ज्ञान छ, ती कसरी पृथ्वीबाट लोप भए । त्यसैगरी मानिस परिवर्तनप्रेमी पनि हो । ऊ सधैं खोज अनुसन्धानद्वारा नयाँ–नयाँ वस्तुको आविष्कार गर्न चाहन्छ । आज प्रयोग गरेको वस्तु समयक्रममा त्यसलाई नयाँ रूपमा विकास गर्नु मानवीय स्वभाव हो ।

मानिस परिवर्तन चाहन्छ भने विज्ञानले त्यसको पूर्ति गरिदिन्छ, नयाँ आविष्कार र वस्तु परिस्कारद्वारा । समयको परिवर्तनसँगै मानिसको खोज–अनुसन्धान, चेतनास्तरको विकास, विज्ञान, प्रविधिको विकास सम्भव भएको हो ।

वस्तु परिस्कारको प्रतिफल हो, मोड्युलर किचन । अप्ठेरोबाट सजिलोतिर भनेझैं हामीले प्रयोग गर्दै आइरहेको आधुनिक भनिएको किचनमा केही सुधार र केही नयाँ सामग्री थप गरिएको मात्र हो । मोड्युलर किचन भनेको पूर्वनिर्मित या तयारी क्याबिनेट हो र यसमा प्रयोग गरिने एसेसरिज (सामग्री) हो । कारखानामा बजारमा उपलब्ध हुने सामग्रीको नापअनुसार क्याबिन तयार पारिन्छ र ती सामग्री फिट गरिन्छ । क्याबिन काठ, आल्मुनियम, युपिभिसी, प्लाइउड, फाइबर बोर्डजस्ता सामग्रीबाट बनाउन सकिन्छ ।

मोड्युलर किचेनका विशेषता
मोड्युलर किचन आधुनिक डिजाइन र शैलीमा निर्माण गरिएका हुन्छन् । यी हेर्दा मनमोहक, सुन्दर र प्रयोग (युजर फ्रेन्डली) गर्न सजिलो हुनु हो । यसको अर्को प्रमुख विशेषता भनेको ठाउँ व्यवस्थापन हो । यसले किचनका सामान छरपस्ट हुन पाउँदैन र किचनको सौन्दर्य बिग्रन दिँदैन । ठाउँ व्यवस्थापन किन हो भने किचनको साइजअनुसार क्याबिन तयार गरिएको हुन्छ । क्याबिनभित्र विभिन्न एसेसरिज फिट गरिएको हुन्छ । किचेन फोहोर हुन पाउँदैन र सफा गर्न पनि सजिलो हुन्छ ।

मोड्युलर किचनमा प्रयोग गरिने सामग्री
किचनको साइजअनुसार विभिन्न प्रकारका क्याबिन तयार पारिएको हुन्छ । क्याबिनको साइजअनुसार नै तयारी एसेसरिज फिट गरिन्छ । बजारमा १६ इन्च, १७ इन्चका स्टिलनेस स्टिलका बास्केट (ट्रे) उपलब्ध छन् । सोही साइजअनुसार क्याबिन तयार गरिएको हुन्छ । बास्केट प्लेन बास्केट, वायर बास्केट, थाली वा प्लेट बास्केट, कटलेरी बास्केट, कप ससर बास्केट, अन्डर सिन्क बास्केट, डिस ड्रेनिङ बास्केट, बिन बास्केट, बोतल बास्केट आदि हुन्छन् । यिनीहरूमा पनि पुल आउट बास्केट र टल युनिटको प्रयोग बढी मात्रामा गरिएको हुन्छ । पुल आउट बास्केट किचन क्याबिनमा काँटा, चम्चा, प्लेट, कचौरा, थाल आदि राख्न प्रयोग गरिन्छ ।

त्यसैगरी टल युनिटमा किचनको साइडमा तरकारी, नुन, तेल, मसलाजस्ता सामग्री राख्न प्रयोग गरिन्छ । यसरी क्याबिनको प्रयोग र त्यसभित्र बास्केटको प्रयोग गरेर सामग्री राख्ने गर्नाले एकातिर सानो ठाउँलाई व्यवस्थापन गर्न सहयोग पुर्‍याउँछ भने अर्कोतिर जथाभावी सामान राखेर किचेनको सौन्दर्यलाई बिग्रन दिँदैन ।

मोड्युलर किचनको प्रयोगबाट हुने फाइदा
आधुनिक किचनको प्रयोग गरेर फाइदा नहुने भन्ने प्रश्नै गलत हुन जान्छ । पहिलो फाइदा त ठाउँको उचित व्यवस्थापन नै हो । सानो ठाउँका लागि यो मोड्युलर किचनको अवधारणा अति उपयुक्त सावित हुन सक्छ । त्यसैगरी फिटिङ गर्न सजिलो छ किनभने यसको सामग्री झिकेर सफा गर्न मिल्ने र फेरि फिट गर्न मिल्ने स्वभावको हुन्छ । त्यसैकारण पनि यो किचन एक ठाउँबाट अर्को ठाउँमा सार्न पनि सजिलो छ । यो प्रयोगको हिसाबले अति सुविधायुक्त छ । यसको प्रयोगले सामग्री भण्डारण अति उपयोगी छ । सामग्री राख्न क्याबिनमा विभिन्न आकारका बास्केट फिट गरिएको हुन्छ । यसले गर्दा सामान संरक्षण गर्न उपयुक्त हुनुका साथै यत्रतत्र सामान राखेर किचन फोहोर हुनबाट बचाउँछ ।

घरमा आधुनिक मोड्युलर किचन फिट गरेसँगै चिम्नी जडान गर्नु अति सुन्दर मान्न सकिन्छ । किनभने, चिम्नीको प्रयोगले किचनबाट निस्कने धुवाँ, ग्यासजस्ता फोहोरलाई बाहिर पठाउन सहयोग गर्छ । यसले गर्दा किचन फोहोर हुन पाउँदैन ।

सुन्दर, सफा, वातवरणमैत्री, सुविधायुक्त वस्तुको प्रयोग सहरका लागि फेसनजस्तै हो । एउटा घरको किचन जति सफा, सुग्घर छ, त्यहाँ रोगव्याधि पनि कमै हुन्छ । मोड्युलर किचन आर्थिक रूपमा केही खर्चिलोजस्तो देखिए पनि स्वास्थ्यका लागि यसको प्रयोग अति उत्तम सावित हुन सक्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)