ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

काठको विकल्प बन्दै लेमिनेट ढोका

२०७८ माघ, २१  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । एउटा सिंगो घर मात्र होइन घर । समग्र सामग्रीको संयोजन हो, घर । त्यसमा विविध निर्माण सामग्री, इन्टेरियर र आउटडोर डिजाइन, शैली आदि मुख्य पर्छ । त्यसभित्र पनि समयको माग र प्रविधिको विकाससँगै नवीन सामग्रीको प्रयोग स्वाभाविकै हो ।

यिनै प्रविधिको विकासले ढोकामा नवीनता थप्दै गएको देख्न सकिन्छ । त्यसमध्ये एक मानिन्छ, लेमिनेट ढोका । यसलाई अर्को शब्दमा कमर्सियल वा रेडिमेड ढोका पनि भन्ने गरिन्छ ।  
 
उद्योगमा विभिन्न कच्चा पदार्थ प्रयोग गरेर त्यसलाई मेसिनमा कम्प्रेस गरी विभिन्न साइज, रंग र डिजाइनमा उत्पादन गरिएको हुन्छ । कालीमाटी डोर सप्लायर्सका अनुसार यसमा दुई किसिमको सामग्रीबाट ढोका उत्पादन गरिन्छ । फ्याक्ट्रीमा विभिन्न कच्चा पदार्थलाई प्रोसेस गरेर र बोर्डको प्रयोग गरेर तयारी ढोका उत्पादन गरिन्छ ।

दिनप्रतिदिन वन विनासका कारण नेपालमा काठ अभाव हुँदै गएको  छ । काँचो वा चिसो र कमसल काठको प्रयोगले पछि गएर ढोकामा किरा लाग्ने एवं बांगो हुने समस्या आउन सक्ने सम्भावना बढी हुन्छ । अग्राख (सिसौ) जस्तो महँगो काठ प्रयोग गर्न सबैका लागि सम्भव छैन । अन्य काठमा पछि समस्या आउन सक्ने सम्भावनालाई दृष्टिगत गरेर रेडिमेड (तयारी) ढोकाहरू प्रयोग गर्न विज्ञले सुझाव दिने गरेको पाइन्छ ।

सामान्यतया ढोकाको प्रयोग कोठा छुट्याउन, वातावरण नियन्त्रण गर्न र गोपनीयता कायम गर्न गरिन्छ । मूल प्रवेशद्वारका लागि काठको ढोका सबभन्दा राम्रो मानिन्छ । अन्य तयारी ढोकाभन्दा काठको ढोका बलियो र आकर्षक हुने भएकाले मूलद्वारमा काठको ढोका उत्तम हुन्छ । त्यसबाहेक अन्य कोठाका लागि लेमिनेट ढोका प्रयोग गर्न सकिन्छ ।

लेमिनेट ढोकाका विशेषता
लेमिनेट ढोकाको प्रमुख विशेषता भनेको सस्तो र किफायती हुनु हो । नेपाली कम्पनीबाट उत्पादित ढोकामा सबभन्दा सस्तो र वारेन्टी सुविधा उपलब्ध छ । भारतबाट आयातीत ढोकामा भने वारेन्टीको सुविधा छैन । कालीमाटी डोर सप्लायर्सका अनुसार नेपाली ढोकाको बजार मूल्य ३ हजारदेखि र भारतीय ढोकाको मूल्य ५ हजारदेखि २० हजारसम्म पर्छ् । जबकि काठको ढोका त्यो मूल्यमा पाउन सम्भव छैन । सस्तो पाइए पनि त्यसको कुनै वारेन्टी हुँदैन । त्यति मात्र होइन, लेमिनेट ढोका घामपानी प्रतिरोधी हुने भएकाले यसको प्रयोग उत्तम मान्न थालिएको छ । साथै, यो फिटिङ गर्न सजिलो र टिकाउ पनि हुन्छ ।

अहिले बजारमा विभिन्न किसिमका ढोका उपलब्ध छन् । ती ढोकाभन्दा लेमिनेटलाई यस कारण फरक मान्न सकिन्छ कि यो काठजस्तै हुनु हो । यी ढोका विभिन्न प्लाई उडमा फोरमाइका वा सनमाइकाजस्तो डिजाइनयुक्त र घामपानी प्रतिरोधी प्रयोग गरेर बनाइने भएकाले टिकाउ र बलियो हुन सकेको हो ।

त्यसैगरी मेसिनमा कम्प्रेस गरी बनाइएका ढोका विभिन्न डिजाइन र घामपानी प्रतिरोधीयुक्त हुने गरी बनाइएको हुन्छ । त्यसकारण त्यस्ता ढोका बलियो र टिकाउ हुन सकेको हो । यस्ता ढोका आकर्षक, सस्तो र काठजस्तो देखिने भएकाले यसको प्रयोग बढिरहेको छ ।

काठलाई घामपानी र हावाले बिगार्न सक्छ । घामपानीले भेट्ने स्थानमा काठको ढोका छिटो बिग्रने डर हुन्छ किनभने काठ पानीमा भिजे धेरै लामो समयपछि मक्किने र सड्दै जाने गर्छ । त्यसैले पानी पर्ने स्थानमा काठको ढोका छिटो बिग्रने भएकाले यस्तो स्थानमा लेमिनेट ढोका नै उत्तम मान्न सकिन्छ । कतिपयले काठलाई सुरक्षित राख्न सनमाईका प्रयोग गरेको पाइन्छ । अहिले बजारमा घामपानी प्रतिरोधी प्लाई उड पनि पाइन्छ । सजिलोका लागि यही प्लाई उडलाई ढोकाको रूपमा प्रयोग गर्न सकिन्छ । हाल यस्ता ढोकाको प्रचलन बढ्दै गएको देख्न सकिन्छ ।

समग्रमा लेमिनेट ढोका काठको ढोकाको विकल्पको रूपमा आएको हो भन्न सकिन्छ । खर्चको बचत, सस्तो, टिकाउ र आकर्षक सबैको रोजाइ बन्दै गइरहेको छ । साथै, यसको प्रयोगले वन संरक्षणमा समेत टेवा पुग्न सक्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)