ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्थानीय अर्थतन्त्र चलायमान बनाउँदै एक्स्पो, ४ करोडको कारोबार, ३१ हजारले गरे अवलोकन

२०७८ चैत, २१  
बजार अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

विराटनगर । मोरङ व्यापार संघले आयोजना गरेको ‘ट्रेड एक्स्पो २०२२’ले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाएको छ । कोरोना महामारीका कारण करीब ४ वर्षपछि आयोजित एक्स्पोमा स्थानीयवासीको उल्लेख्य सहभागिता देखिएको छ । शुक्रवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले उद्घाटन गरेको एक्स्पोमा तेस्रो दिनसम्ममा रू. ४ करोडभन्दा बढीको कारोबार भएको छ भने ३१ हजारले अवलोकन गरेका छन् ।

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले कोरोना महामारीपछिको स्थिर रहेको बजार एक्स्पोसँगै चलायमान हुने बताए । लामो समय घरभित्रै बसेर काम गरेको युवावर्गलाई एकै थलोमा जमघटको अवसर समेत एक्स्पोले सृजना गरेको अध्यक्ष रिजालले बताए । आर्थिक विकासका लागि ठूला उद्योग, कलकारखाना मात्र हेरेर नहुने भन्दै उनले साना व्यवसायीलाई माथि उकास्न राज्यले नै आफ्नो नीतिमा परिवर्तन गर्नुपर्नेमा जोड दिए ।

मुख्य प्रायोजक रमपम चाउचाउ रहेको एक्स्पोमा डायमण्ड प्रायोजक सेन्चुरी मसला र गोल्ड प्रायोजकमा रिजालको सीपीभीसी र बाबा सनप्लावर तेल रहेका छन् । यस्तै सिल्भर प्रायोजकमा बागमती प्लास्टिक, कन्ट्रोल लुब्रिकेन्ट, युनाइटेड चक्की आटा, म्याजिक चप्पल र ग्रीन कन्स्ट्रक्सन रहेका छन् ।

एक्स्पोमा प्रतिकिलो ३५० रुपैयाँको मार्सी चामलदेखि ४ करोड रुपैयाँसम्मका गाडी समेत विक्रीमा राखिएका छन् । मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनुपम राठीका अनुसार एक्स्पोले उपभोक्ता र उत्पादकबीच पुलको काम गरेको छ । २७० ओटा स्टल रहेको एक्स्पो चैत २६ गतेसम्म सञ्चालन हुनेछ । एक्स्पो अवलोकनका लागि १०० रुपैयाँको टिकट राखिएको छ भने विद्यार्थीलाई ५० प्रतिशत छूट दिइएको छ ।

स्थानीयदेखि अन्तरराष्ट्रिय स्तरसम्म व्यापारलाई जोड्न र प्रदेश १ को आर्थिक गतिविधि चलायमान बनाउन एक्स्पोले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने संघका अध्यक्ष रिजालले बताए । साथै यसले बजारको पहिचान, पर्यटन प्रवद्र्धन, उत्पादकहरूबीच स्वस्थ प्रतिस्पर्धा र लगानीमैत्री वातावरणको सृजना गर्ने उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)