ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘ट्रेड एक्स्पो २०२२’ आइतवारसम्म सञ्चालन हुने, पौने २ लाख बढीले गरे अवलोकन

२०७८ चैत, २४  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । मोरङ व्यापार संघले आयोजना गरेको ट्रेड एक्स्पो २०२२ मा छैटौं दिन (बुधवार)सम्ममा १५ करोड रुपैयाँको व्यावसायिक कारोबार भएको छ ।

एक्स्पो १ लाख ८० हजारले अवलोकन गरेका छन् । स्थानीयको रुचि र मागका कारण एक्स्पोको अवधि एक दिन थप गरिएको छ । यसअघि निर्धारित तालिका अनुसार शनिवार सम्पन्न हुने भनिएको एक्स्पो अब आइतवार समापन हुनेछ ।

अपेक्षा गरिएको भन्दा बढी दर्शक आएपछि उनीहरूको इच्छा अनुसार एक्स्पो एक दिन थप गर्ने निर्णय गरिएको संयोजक विकास बेगवानीले जानकारी दिए । चैत १८ देखि २६ गतेसम्म एक्स्पो सञ्चालन गर्ने भनिएको थियो । ‘दर्शकको माग अनुसार मेला बढाउनुपर्ने भयो,’ उनले भने, ‘उनीहरूको चाहना बमोजिम चैत २७ गतेसम्म सञ्चालन गर्ने निर्णय गरिएको छ ।’

एक्स्पोमा आउने दर्शक संख्या बढेको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताए । ‘हामीले सोचेभन्दा धेरै दर्शक आएका छन् । एक्स्पोलाई दर्शकले मन पराइदिनुभएको छ,’ उनले भने । उनका अनुसार एक्स्पोमा विद्युतीय सामग्री र अटोमोबाइल बढी विक्री भएको छ ।

एक्स्पोमा ८० ओटा एसीसहितका, ६० ओटा कुलरसहितका र १०६ ओटा सामान्य स्टल रहेका छन् । ‘सबै स्टलहरू दर्शकको रोजाइमा परेका छन्,’ संयोजक बेगवानीले भने । एसीसहितका स्टलका लागि ६० हजार, कुलर स्टलका लागि ४० र सामान्य स्टलका लागि ३० हजार रुपैयाँ शुल्क तोकिएको थियो । यस्तै अटो स्टलका लागि ७० हजार शुल्क निर्धारण गरिएको थियो । एक्स्पोमा अटोमोबाइलका १० र फूड स्टल १० ओटा छन् ।

संघका वरिष्ठ उपाध्यक्ष अनुपम राठीले एक्स्पोमा राखिएका साहसिक खेलहरूमा उपभोक्ताको आकर्षण देखिएको बताए । साहसिक खेल खेल्न टाढा र निकै दिनको यात्रा गरेर पुग्नुपर्ने भएकाले पनि एक्स्पो उनीहरूका लागि उपयुक्त स्थल भएको उनको भनाइ छ । आम सर्वसाधारणले एकपटक भए पनि खेलून् भन्ने सोचले एक्स्पो स्थलमा जिपलाइन, रिभर्स बन्जी र जिप साइक्लिङ लगायत साहसिक खेलको व्यवस्था गरिएको उनले बताए ।

एक्स्पोमा दर्शकलाई मनोरञ्जन प्रदान गर्न दैनिकजसो विभिन्न राष्ट्रिय कलाकारहरूले प्रस्तुति दिँदै आएका छन् । सोही क्रममा आउँदो शुक्रवार गायक डम्बर नेपाली र गायिका इन्दिरा जोशीले सांगीतिक प्रस्तुति दिँदै छन् ।

एक्स्पोमा राखिएका लण्डन ब्रिज, बुर्ज खलिफा, बुर्ज अल अरब, सेन्ट बेसिल जस्ता अन्तरराष्ट्रिय संरचनाको नमूनाले आकर्षण थपेका छन् । यस्तै सेल्फी जोनमा फोटो खिच्नेको भीड लाग्ने गरेको छ । एक्स्पोमा नेपालसँगै भारत, बंगलादेश र पाकिस्तानका उत्पादन समेत विक्रीका लागि राखिएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)