जेठ २२, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य एक वर्ष यताकै न्यून विन्दुमा झरेको छ ।
एक वर्ष अगाडि २०७८ जेठ २२ गते कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २ हजार ८८ रहेकोमा यसको एक वर्ष पछि शुक्रवार प्रतिकित्ता रू. ७९१ मा झरेको छ । यसरी हेर्दा कम्पनीको शेयरमूल्य एक वर्षको अवधिमा ६२ प्रतिशतभन्दा बढी घटेको देखिन्छ ।
कम्पनीले विगतमा आकर्षक लाभांश दिँदै आएकोमा आव २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७३६८ प्रतिशत नगद लाभांश दिएको थियो । त्यसपछि कम्पनीको शेयर घट्दो क्रममा रहेको छ । कतिपय लगानीकर्ताले यो कम्पनीको महँगोमा शेयर किनेका थिए । महँगोमा शेयर किनेका लगानीकर्ताहरुले बोनस शेयरले पनि घाटा कभर नगरेको बताएका छन् ।
यसोत यतिबेला कम्पनीको शेयरमूल्य निकै सस्तिएकाले दीर्घकालीन रुपमा लगानी गर्ने समय आएको एक शेयर विश्लेषक बताउँछन् । उनका अनुसार दीर्घकालिन रुपमा लगानी गरेमा यस कम्पनीबाट राम्रो प्रतिफल प्राप्त हुन्छ । हालसम्ममा कम्पनीले आव २०७७/७८ को लाभांश घोषणा गर्न बाँकी रहेको छ ।
विगत पाँच वर्षको लाभांश इतिहाश :
कम्पनीले पाँच आवमा कुल १३७ प्रतिशत बोनस शेयर वितरण गरिसकेको छ । सबैभन्दा बढी कम्पनीले आव २०७३/७४ मा ४२ प्रतिशत बोनस शेयर र २८ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।
चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीको वित्तीय अवस्था :
कम्पनी चालू आवको तेस्रो त्रैमाससम्ममा रू. १९ करोड ४५ लाख नोक्सानीमा रहेको छ । गत आवको तेस्रो त्रैमाससम्ममा रू. ५० करोड ६६ लाख नाफामा थियो ।
चालू आवमा कम्पनीको खर्चमा वृद्धि भएसँगै नोक्सानीमा गएको हो । कम्पनीको खर्च गत आवको तुलनामा चालू आवमा २०७ प्रतिशत वृद्धि भएको छ । गत आवमा कम्पनीको रू. २३ करोड ९९ लाख खर्च भएकोमा चालू आवमा बढेर रू. ७३ करोड ८२ लाख पुगेको हो ।
प्राविधिक विश्लेषण :
मैनबत्ति चित्र :
मार्च ६ २०२२ ३ जुन २०२२
५८ दिनको कारोबार अवधिको अन्तिम दिनमा सानो पुच्छर र टुप्पि भएको कालो मैनबत्ती आकृती बनेको छ । यस्तो आकृती कम्पनीका शेयरमूल्य घट्ने संकेत देखाउँछ । यद्धपि कम्पनीको शेयर मूल्य एक वर्षयताकै न्यून विन्दुमा झरेको छ । सोही कारण अब कम्पनीको शेयरमा विस्तारै खरीदकर्ता आउने सम्भावना पनि देखिन्छ ।
आरएसआई :
मार्च ६ २०२२ ३ जुन २०२२
५८ दिनको कारोबार अवधिमा आरएसआई २४ दशमलव ४३ विन्दुमा रहेको छ । यो ओभरसोल्ड जोनमा रहेको छ । यस्तो अवस्थामा विक्री चाप रहेको देखिन्छ ।
स्ट्यान्डर्ड डेभिएशन :
मार्च ६ २०२२ ३ जुन २०२२
२० दशमलव ९१ विन्दुमा रहेको छ । यस्तो अवस्थामा उतारचढाव न्यून रहेको देखाउँछ । कम जोखिम युक्त र पूर्वानुमान गर्न सजिलो छ । लाभ पनि न्यून हुन सक्छ ।
मुभिङ एभरेज :
मार्च ६ २०२२ ३ जुन २०२२
७ दिने र २६ दिने एक आपसमा टाढिएका छन् । यस्तो अवस्थामा ७ दिने रेखाले २६ दिने रेखालाई तलबाट काटेर माथि गएमा शेयरमूल्य बढ्ने गर्दछ भने २६ दिने रेखामा प्रतिरोध पाएर फर्किएमा मूल्य घट्ने देखिन्छ । सोमवारको शेयरमूल्य प्रतिकित्ता रू. ७९१ देखि सस्तिएमा महँगिएमा रू. ८७४ मा प्रतिरोध पाउने देखिन्छ ।
यद्धपि हामीले उपलब्ध तथ्यांकको अधारमा गरेको विश्लेषण आफैमा पूर्ण होइन, लगानीकर्ताले लगानी गर्नुपूर्व कम्पनीको समग्र आधारभूत पक्ष र प्राविधिक पक्ष हर्नु आवश्यक रहेको छ ।