साउन ५, काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सबैभन्दा पहिला सार्वजनिक गरिसकेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ४८ प्रतिशत वृद्धि भएको छ ।
अघिल्लो आवमा कम्पनीले रू. ९ करोड १० लाख खुद नाफा कमाएकोमा गत आवको सोही अवधिमा बढेर रू. १३ करोड ५२ लाख पुगेको हो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । कम्पनीको चुक्तापूँजी रू. ८० करोड ५१ लाख रहेको छ ।
गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले रिर्जभमा रू. ९ करोड ५० लाख र रिटेन्ड अर्निङमा रू. ११ करोड ५३ लाख सञ्चित गरेको छ। त्यसैगरी कम्पनीको प्रतिशेयर आम्दानी रू. १६ दशमलव ७९, मूल्य आम्दानी अनुपात ३३ गुणा, तरलता अनुपात ४ दशमलव ९२ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १२६ रहेको छ ।
सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा रू. १० करोड ५८ लाख रहेको छ । एनएफएआरस प्रणाली अनुसार कम्पनी आर्जन गरेको खुद मुनाफालाई विभिन्न शिर्षकमा छुट्याएपछिको नाफानै वितरणयोग्य नाफा हो । यही नाफाबाट कम्पनीले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने गर्दछ । यस नाफाका आधारमा कम्पनीको लाभांश क्षमता १३ दशमलव १४ प्रतिशत रहेको छ । कम्पनीको वितरणयोग्य मुनाफालाई कम्पनीको कायम शेयर सख्याले भाग गरेर लाभांश क्षमता निस्कन्छ ।
कम्पनीले आव २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । कम्पनीले बोनस शेयर सूचीकृत गराइसकेको छ । बिहीवार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ६०२ कायम भएको छ । कम्पनीको अध्यक्षमा राजेन्द्र प्रसाद दाहाल रहेका छन भने प्रमुख कार्यकारी अधिकृतमा धु्रब कुमार पौडेल रहेका छन्
पाँच आवमा कम्पनीले शेयरधनीलाई प्रदान गरेको लाभांश विवरण यस्तो रहेको छ :
कम्पनीको पाँच आवको वित्तीय अवस्था ः रकम रू. हजारमा
प्राविधिक विश्लेषण
मैनबत्ती चित्र
२४ अप्रिल २०२२ २१ जुलाई २०२२
६५ दिनको कारोबार अवधिको अन्तिम दिनमा ह्याम्मर आकृती बनेको छ । यस्तो आकृती कम्पनीका शेयर मूल्य आगामी दिनमा बुलिसमा रिभर्सल हुने संकेत देखाउँछ ।
आरएसआई
२४ अप्रिल २०२२ २१ जुलाई २०२२
: ६५ दिनको कारोबार अवधिमा आरएसआई ६२ दशलमव ७४ बिन्दुमा रहेको छ । । यो न्यूट्रल जोनमा रहेको छ । यस्तो अवस्थामा खरीद विक्री चाप सन्तुलनमा रहेको देखिन्छ ।
स्ट्याण्र्ड डेभिएसन
२४ अप्रिल २०२२ २१ जुलाई २०२२
ः १९ दशमलव ४३ बिन्दुमा रहेको छ । यस्तो अवस्थामा उतारचढाव सामान्य रहेको देखाउँछ । कम जोखिम युक्त र पूर्वानुमान गर्न सजिलो छ । लाभ पनि न्यून हुन सक्छ ।
मुभिङ एभरेज
२४ अप्रिल २०२२ २१ जुलाई २०२२
: हालको शेयरमूल्य ७ दिने र १४ दिने रेखाभन्दा माथि रहेको छ । यस्तो अवस्थामा ७ दिने रेखाले २६ दिने रेखालाई तलबाट काटेर माथि गएमा शेयरमूल्य बढ्ने गर्दछ भने २६ दिने रेखामा प्रतिरोध पाएर फर्किएमा मूल्य घट्ने देखिन्छ । बिहीवारको शेयर मूल्य प्रतिकित्ता रू. ६०२ देखि सस्तिएमा रू ५५५ मा टेवा पाउने र मंहगिएमा रू. ६३४ मा प्रतिरोध पाउने देखिन्छ ।
( यद्धपि हामीले उपलब्ध तथ्याङ्कको अधारमा गरेको विश्लेषण आफैमा पुर्ण होइन , लगानीकर्ताले लगानी गर्नु पूर्व कम्पनीको समग्र आधारभुत पक्ष र प्राविधिक पक्ष हर्नु आवश्यक रहेको छ ।