साउन १०, काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ८७ दशमलव ८१ प्रतिशत वृद्धि भएको हो ।
कम्पनीले अघिल्लो आवमा रू. १४ करोड ३१ लाख नाफा कमाएकोमा गत आवमा बढेर रू. २६ करोड ८८ लाख पुगेको हो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेकाे हो ।
कम्पनीको चुक्तापूँजी रू. ९६ करोड ४४ लाख रहेको छ भने गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. २१ करोड ४ लाख र रिटेन्ड अर्निङमा रू. २३ करोड २ लाख सञ्चित गरेको छ । सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा रू.२० करोड ९५ लाख रहेको छ ।
एनएफआरएस प्रणाली अनुसार कम्पनीले आर्जन गरेको खुद नाफालाई विभिन्न शीर्षकमा छुट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो । यही नाफाबाट कम्पनीले शेयरधनीलाई लाभांश दिने गर्दछ । यस वितरणयोग्य नाफाका आधारमा कम्पनीको लाभांश क्षमता २१ दशमलव ७२ प्रतिशत रहेको छ । कम्पनीले अघिल्लो आव २०७७/७८ सम्मको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि) वितरण गरेको हो ।
गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. २७ दशमलव ८८, मूल्य आम्दानी अनुपात २३ दशमलव २८ गुणा, तरलता अनुपात ५ दशमलव १७ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू.१४५ दशमलव ६९ रहेको छ । कम्पनीले विगत पाँच आवमा दिएको लाभांश विवरण यस प्रकार रहेको छ ।
कम्पनीको विगत चार आवको वित्तीय अवस्था (रू. हजारमा)
प्राविधिक विश्लेषण
मैनबत्ती चित्र
२५ अप्रिल २०२२ २४ जुलाई २०२२
६७ दिनको कारोबार अवधिको अन्तिम दिनमा लामो टुप्पी भएको सेतो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयर मूल्य आगामी दिन बढ्ने संकेत देखाउँछ । सोमवार कायम यस कम्पनीको शेयर मूल्य ६७ दिनयताकै उच्च विन्दुमा पुगेको हो । सोही कारण लगानीकर्ताले प्रोफिट बुक गर्न सक्ने सम्भावना पनि छ ।
आरएसआई
२५ अप्रिल २०२२ २४ जुलाई २०२२
: ६७ दिनको कारोबार अवधिमा आरएसआई ६४ दशलमव १४ विन्दुमा रहेको छ । यो न्यूट्रल जोनमा रहेको छ । यस्तो अवस्थामा खरीदविक्री चाप सन्तुलनमा रहेको देखिन्छ ।
स्ट्याण्र्ड डेभिएसन
२५ अप्रिल २०२२ २४ जुलाई २०२२
: २५ दशमलव २३ विन्दुमा रहेको छ । यस्तो अवस्थामा उतारचढाव सामान्य रहेको देखाउँछ । कम जोखिमयुक्त र पूर्वानुमान गर्न सजिलो छ । लाभ पनि न्यून हुन सक्छ ।
मुभिङ एभरेज
२५ अप्रिल २०२२ २४ जुलाई २०२२
: हालको शेयर मूल्य ७ दिने र १४ दिने रेखाभन्दा माथि रहेको छ । यस्तो अवस्थामा ७ दिने रेखाले २६ दिने रेखालाई तलबाट काटेर माथि गएमा शेयर मूल्य बढ्ने गर्दछ भने २६ दिने रेखामा प्रतिरोध पाएर फर्किएमा मूल्य घट्ने देखिन्छ । सोमवारको शेयर मूल्य प्रतिकित्ता रू. ७४३ देखि सस्तिएमा रू. ६७० टेवा पाउने देखिन्छ । कम्पनीको शेयर मूल्य ६७ कारोबार दिन अवधिकै उच्च विन्दुमा पुगेकाले प्रतिरोध मूल्य देखिएको छैन ।
(याे तथ्यांककाे आधारमा गरेको विश्लेषण आफैमा पूर्ण होइन, लगानीकर्ताले लगानी गर्नुपूर्व कम्पनीको समग्र आधारभुत पक्ष र प्राविधिक पक्ष हेर्नु आवश्यक रहेको छ ।)