ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश क्षमता कति ? (कम्पनी विश्लेषणसहित)

२०७९ साउन, १२  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

साउन १२, काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले सो अवधिमा रू. २ अर्ब २६ करोडभन्दा बढी नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा ६२ प्रतिशत बढी हो ।

कम्पनीले अघिल्लो आवमा रू. १ अर्ब ३९ करोड खुद नाफा कमाएकाे थियो । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएकाले नाफा बढेकाे हाे । कम्पनीको चुक्तापूँजी रू. ९ अर्ब ४२ करोड रहेको छ भने गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ५ अर्ब ७६ करोड र रिटेन्ड अर्निङमा रू. २ अर्ब ९१ करोड सञ्चित गरेको हो । सो अवधिमा कम्पनीको वितरणयोग्य नाफा रू. १ अर्ब ५९ करोडभन्दा बढी रहेको छ । एनएफआरएस प्रणाली अनुसार कम्पनीले आर्जन गरेको खुद नाफालाई विभिन्न शीर्षकमा छुट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो ।

यही नाफाबाट कम्पनीले आफ्ना शेयरधनीलाई लाभांश दिने गर्दछ । यस वितरणयोग्य लाभांशका आधारमा कम्पनीको लाभांश क्षमता १६ दशमलव ९ प्रतिशत रहेको छ । कम्पनीले आव २०७७/७८ सम्मको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ३ दशमलव ६ प्रतिशत नगद लाभांश दिएको हो । 

याे कम्पनी नेपालमा सन् १९८७ देखि सञ्चालनमा आएको हो । कम्पनीमा नेपालका सर्वसाधारण शेयरधनीको शेयर स्वामित्व २९ दशमलव ७९ प्रतिशत रहेको छ भने स्ट्याण्डर्ड चार्टर्ड ग्रुपको शेयर स्वामित्व ७० दशमलव २१ प्रतिशत रहेको छ ।

कम्पनीको अध्यक्षमा जरिन दारुवाला रहेका छन् । त्यसै सञ्चालहरूमा करिन दि एलवीस, भरत कुँवर र अनिरभान घोष दस्तिदार रहेका छन् । त्यसैगरी प्रमुख कार्यकारी अधिकृतमा अनिरभान घोष दस्तिदार रहेका छन् । 

विहीवार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४६२ दशमलव ९० कायम भएको छ । यो शेयर मूल्य अघिल्लो कारोवार दिनको तुलनामा ६ दशमलव ९१ प्रतिशत वृद्धि भएको हो । कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा आकर्षक मुनाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेसँगै लगानीकर्ताको आकर्षण परेको हो । 
कम्पनीले विगतका पाँच आवमा दिएको लाभांश 


गत आवको चौथो त्रैमासिक वित्तीय विवरणमा कम्पनीको वित्तीय अवस्था 

प्राविधिक विश्लेषण 
मैनबत्ती चित्र


 
    
२ मे २०२२                                                                                       २८ जुलाई २०२२
६६ दिनको कारोवार अवधिको अन्तिम दिनमा लामो लामो पुच्छर भएको सेतो मैनबत्ती आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयर मूल्य आगामी दिनमा बढ्ने संकेत देखाउँछ । 
आरएसआई

२ मे २०२२                                                                                       २८ जुलाई २०२२
: ६६ दिनको कारोवार अवधिमा आरएसआई ७४ दशमलव ६५ विन्दुमा रहेको छ । यो ओभरवट जोनमा रहेको छ । यस्तो अवस्थामा खरीद चाप उच्च रहेको हुन्छ । 
     स्ट्याण्र्ड डेभिएसन

                                                                              
२ मे २०२२                                                                                       २८ जुलाई २०२२
: ६६ दिनको कारोबार अवधिमा स्ट्याण्र्ड डेभिएसन १८ दशमलव ८५ विन्दुमा रहेको छ । यस्तो अवस्थामा उतारचढाव सामान्य रहेको देखाउँछ  । कम जोखिमयुक्त र पूर्वानुमान गर्न सजिलो छ । लाभ पनि न्यून हुन सक्छ । 
मुभिङ एभरेज


२ मे २०२२                                                                                       २८ जुलाई २०२२

: हालको शेयर मूल्य ७ दिने र १४ दिने रेखाभन्दा माथि रहेको छ । यस्तो अवस्थामा ७ दिने रेखाले २६ दिने रेखालाई तलबाट काटेर माथि गएमा शेयर मूल्य बढ्ने गर्दछ भने २६ दिने रेखामा प्रतिरोध पाएर फर्किएमा मूल्य घट्ने देखिन्छ । कम्पनीको विहीवारको शेयर मूल्य ६६ कारोबार दिनकै उच्च विन्दुमा पुगेको हो ।

विहीवारको शेयर मूल्य प्रतिकित्ता रू. ४६२ देखि सस्तिएमा रू ४१५ टेवा पाउने देखिन्छ । कम्पनीको शेयर मूल्य ६६  कारोबार दिन अवधिकै उच्च विन्दुमा पुगेकाले प्रतिरोध मूल्य देखिएको छैन । 
(याे तथ्यांककाे आधारमा गरेको विश्लेषण आफैमा पूर्ण होइन । लगानीकर्ताले लगानी गर्नुपूर्व कम्पनीको समग्र आधारभूत पक्ष र प्राविधिक पक्ष हेर्नु आवश्यक छ ।)

    

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)