ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेकाे अपर तामाकोशी हाइड्रोपावरको यस्ताे छ कम्पनी विश्लेषण

२०७९ भदौ, ८  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

भदौ ८, काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको चुक्तापूँजी रू. १० अर्ब ५९ करोडको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव भदौ ३ गते सम्पन्न साधारण सभाले पारित गरिसकेको छ । सभामा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ७० प्रतिशत ऋण र ३० प्रतिशत छुट पुँजी दिने प्रावधान रहेकोमा विभिन्न नियन्त्रण बाहिरको परिस्थिति उत्पन्न भई निर्माण अवधि बढेर ऋणको भार बढ्दा ऋण र पुँजीको अनुपात कायम हुन नसकेकाले पूँजी वृद्धिको लागि हकप्रद शेयर निष्कासन गर्न लागेको बताएका थिए ।

उनले रोल्वालिङ ड्राइभर्सन, रोल्वालिङ खोला जलविद्युत आयोजनाहरूको निर्माण र माथिल्लो तामाकोशी आयोजनाको लागि अपुग रकम अल्पकालीन ऋण लिएर सम्पन्न गरिएको हुँदा सो ऋण चुक्ता गर्नको लागि वित्तीय व्यवस्थापन गर्न आवश्यक देखिएको बताएका थिए । 

उनले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि विद्युत गृहबाट निस्कने पानीलाई करिव ८ किलोमिटर सुरुङमार्फत ९९ सय मेगावाट क्षमताको तामाकोशी पाँचौं आयोजना निर्माण गर्ने विद्युत प्राधिकरणको लक्ष्य रहेको बताएका थिए । 

कम्पनीले हकप्रद शेयर निष्कासनका लागि नियामक निकाय विद्युत नियमन आयोगबाट स्वीकृति लिनुपर्नेछ । त्यसपछि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति लिनुपर्नेछ । 

शतप्रतिशत हकप्रद शेयर बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी रू. २१ अर्ब ५८ करोड पुग्नेछ  । 

गत आवको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनी रू. १ अर्ब ८७ करोडभन्दा बढी खुद नोक्सानीमा रहेको छ । अघिल्लो आवको तुलनामा कम्पनीको खुद नोक्सानी उल्लेख्य बढेको हो । अघिल्लो आवमा कम्पनी रू. ५ करोड ३४ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको थियो । 

गत आवमा कम्पनीले रू. ७ अर्ब १७ करोडभन्दा बढी विद्युत्त विक्रीबाट आम्दानी गरे पनि वित्तीय खर्च उल्लेख्य वृद्धि हुँदा नोक्सानी बढेको हो । अघिल्लो आवमा रू. १ लाख २९ हजार वित्तीय खर्च भएकोमा गत आवमा रू. ५ अर्ब ६२ करोडभन्दा बढी यो खर्च भएको हो । 

कम्पनीले लिएको दीर्घकालीन कर्जा र अल्पकालीन कर्जा नै अघिल्लो आवको तुलनामा गत आवमा बढी छ । अघिल्लो आवमा रू. ४० अर्ब ५८ करोडभन्दा बढी रहेको दीर्घकालीन कर्जा गत आवमा रू. ७३ अर्ब ७८ करोडभन्दा बढी पुगेको छ । त्यस्तै अघिल्लो आवमा रू. ३ अर्ब ८० करोड रहेको अल्पकालीन कर्जा गत आवमा रू. ५ अर्ब ६३ करोडभन्दा बढी रहेको छ । 

राष्ट्रिय गौरवको आयोजनाबाट विद्युत् उत्पादन गर्न शुरु गरेकै वर्षदेखि लाभांश पाउने आशा गरेका लगानीकर्ताहरूले कम्पनीको वित्तीय अवस्था हेर्दा केही वर्ष अझै प्रतीक्षा गर्नुपर्ने देखिन्छ । यस कम्पनीले दोलखामा ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामार्फत विद्युत् उत्पादन गरिरहेको छ । 

गत असार २१ यस आयोजनाको विद्युत् उत्पादन र राष्ट्रिय प्रसारण ग्रीड प्रणालीमा प्रेषण कार्यको सुभारम्भ भएको हो । निर्माण अवधि लम्बिँदा आयोजनाको निर्माण लागतसमेत बढेको छ ।

रू. ३५ अर्बमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिएको यस आयोजना निर्माण सम्पन्न हुँदा रू. ८४ अर्ब खर्च भएको कम्पनीले जानकारी गराएको छ। यस माथिल्लो तामाकोशी जलविद्युत् आयोजना स्वदेशी लगानीको सबैभन्दा ठूलो आयोजना हो । 

बुधवार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४७७ कायम भएको छ । ५२ हप्तामा कम्पनीको शेयर मूल्य उच्च रू. ८०३ दशमलव ९०  सम्म पुगेको थियो भने न्यून रू. ३७६ सम्म झरेको थियो । 

कम्पनीको अध्यक्षमा कुलमान घिसिङ रहेका छन् । त्यसैगरी कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा विज्ञान प्रसाद श्रेष्ठ रहेका छन् । 

चौथो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको वित्तीय अवस्था : 

प्राविधिक विश्लेषण 
मैनबत्ती चित्र 


    
१ जुन २०२२                                                                                       २४ अगष्ट २०२२
६८ दिनको कारोबार अवधिको अन्तिम दिनमा लामो पुच्छर भएको कालो मैनबी आकृति बनेको छ । यस्तो आकृतिले कम्पनीको शेयर मूल्य आगामी दिनमा घट्ने संकेत देखाउँछ । यद्यपि यस कम्पनीको शेयर मूल्य तीन दिनदेखि एउटै मूल्यमा रहेकाले पनि अब टेवा पाएर माथि जाने देखिन्छ । 
आरएसआई


१ जुन २०२२                                                                                       २४ अगष्ट २०२२
: ६८ दिनको कारोबार अवधिमा आरएसआई ४२ दशमलव ११ बिन्दुमा रहेको छ । यो न्यूट्रल जोनमा रहेको हो । यस्तो अवस्थामा खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।  
     स्ट्याण्र्ड डेभिएसन


                         
१ जुन २०२२                                                                                       २४ अगष्ट २०२२
: ६८ दिनको कारोबार अवधिमा स्ट्याण्र्ड डेभिएसन ७ दशमलव ०९ बिन्दुमा रहेको छ । यस्तो अवस्थामा न्यून रहेको छ । यस्तो अवस्थामा लाभ र जोखिम कम हुने देखिन्छ । 
मुभिङ एभरेज

१ जुन २०२२                                                                                       २४ अगष्ट २०२२

हालको शेयर मूल्य ७ दिने र १४ दिने रेखाको बीचमा रहेको छ । यस्तो अवस्थामा ७ दिने रेखाले २६ दिने रेखालाई तलबाट काटेर माथि गएमा शेयर मूल्य बढ्ने गर्दछ भने २६ दिने रेखामा प्रतिरोध पाएर फर्किएमा मूल्य घट्ने देखिन्छ । कम्पनीको बुधवारको शेयर मूल्य प्रतिकित्ता रू. ४७७ देखि सस्तिएमा रू ४७० टेवा पाउने देखिन्छ भने महँगिएमा रू. ४९५ मा प्रतिरोध पाउने देखिन्छ ।

(याे तथ्यांककाे आधारमा गरेको विश्लेषण आफैमा पूर्ण होइन, लगानीकर्ताले लगानी गर्नुपूर्व कम्पनीको आधारभुत र प्राविधिक पक्ष हेर्नु आवश्यक रहेको छ ।)

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)