ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

छैटौं न्यूबिज बी–स्कूल रेटिङस्, र्‍याङकिङ्स् एन्ड अवार्डस् : के भन्छन् निर्णायक मण्डल ?

२०७९ भदौ, ९  
समाचार अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

आचार संहिता बनाएर निर्णय गरेका छौं

किशोर थापा 
अध्यक्ष
निर्णायक मण्डल

जुरी कमिटीले सहज कार्यसम्पादनका लागि आचारसंहिता बनाएका थियौं के गर्न हुने र के गर्न नहुने भनेर । हामी त्यसैलाई पछ्याएर निर्णयमा पुगेका हौं । मूल्यांकन प्रक्रियालाई गोप्य राख्ने र कुनै पनि आचारसंहिता विपरीत काम नगर्नु पहिलो चुनौती हो । त्यसैले आयोजक संस्था न्यू बिजनेश एजलाई पनि हामीले गरेका काम कारबाहीका बारेमा संलग्न नगरी अलग गर्ने गरेका छौं । 

स्वतन्त्र रूपमा दबाबविना काम गर्न पाउनुपर्ने हाम्रो मागलाई आयोजकले सहज रूपमा लिइदिनु भयो । त्यसका लागि विशेष धन्यवाद दिन चाहन्छु । निष्पक्ष र दबाबरहित वातावरण हामीले बनायौं । सकेसम्म विवाद नहुने गरी हाम्रो विवेकले भ्याएसम्म विवेक प्रयोग गरेका छौं ।

हाम्रै निर्देशनअनुसार मूल्यांकन भयो । हामीले केही अब्जेक्टिभ क्राइटेरिया पनि बनाएका थियौं । जुरीलाई १५ नम्बर मात्र अधिकार दिएका थियौं । त्यो सबै जुरीका सदस्यले प्रयोग पनि गर्नुभयो । 

यसलाई भोटिङ नभई स्वविवेकमा रहेर निर्णय गरेका छौं र हामीले जे निर्णय गरेका छौं, त्यसको सबै जिम्मेवारी पनि लिन्छौं ।

कसैका केही गुनासा छन् भने हामी जिम्मेवारी लिन्छौं । हामी  वस्तुपरक र निष्पक्ष बनेका छौं र दर्शकले हेर्दा पनि प्रश्न नउठ्ने गरी गरेका छौं । जुन जुन कलेज छानिए, ती राम्रै कलेज हुन् भन्ने गरी काम गरेका छौं । बिजनेश एजुकेशनमा अवार्डको आफ्नै प्रकारको महत्त्व हुन्छ । यसका लागि सम्मानित हुने कलेज र आयोजकलाई विशेष धन्यवाद व्यक्त गर्दछु ।

यथार्थ र वस्तुपरक निर्णय गर्ने प्रयास गरेका छौं

भुवनराज जोशी
सदस्य
निर्णायक मण्डल

हामीले व्यावसायिक तरीकाबाट मूल्यांकन गरेका छौं । हामी त्यतिकै जुरीमा बसेका होइनौं । उहाँहरू एकेडेमिक मान्छे हो । उहाँहरूले गरेको कामको मूल्यांकन गर्न त्यति सहज थिएन । हाम्रो कन्सेप्ट कहिले पनि त्यहाँ आएन । आफ्नो कुराहरू शेयर गर्‍यौं । यथार्थ र वस्तुपरक निर्णय गर्ने प्रयास गरेका छौं ।

पुरस्कार नपाउनेले हतोत्साहित हुनुपर्ने केही पनि छैन । भोलि आफूले पनि पाउन सक्नुहुन्छ । अर्को साल पनि आयोजकहरूले यो कार्यक्रम गर्नुहुन्छ । अझै पुरस्कृत हुँदै जाँदा प्रतिक्रिया राम्रो आउँछ । नेपालमा यस्ता अवार्ड कम हुन्छन् । सबैले पाउँदैनन् । त्यसैले केही नहुनुभन्दा केही हुनु राम्रो कुरा हो । बिजनेस स्कूलहरूका लागि यस्तो अवार्डले विशेष महत्त्व राख्छ । किनकि यसले मार्केटिङ र ब्राण्डिङलाई सहयोग गर्छ । चुुनौती पनि थपिन्छ । पुरस्कार पाउनु ठूलो कुरा होइन, त्यसलाई जोगाइराख्नु ठूलो कुरा हो । उहाँहरूलाई हामी  अब तल जानु हुन्न है भन्ने लागोस् र अन्य कलेजलाई पनि हामीले पनि बेस्ट गर्नुपर्छ भन्ने लागोस्, ।यही अवार्डको उपलब्धि हो ।

उहाँहरूले के गर्नुभएको रहेछ, अवार्ड पाउँदा के चीज राम्रो रहेछ, हामी पनि त्यो सिकौं भन्ने अरूलाई पनि लागोस् । विजेताहरूलाई बधाई दिन चाहन्छु । राम्रो गर्नुस्, अझै उत्कृष्ट हुनुस् । अझै धेरै गर्न बाँकी छ । 

न्यू बिजनेश एज गतिशील समूह हो । व्यावसायिक तरीकाले व्यवहार गर्ने उहाँहरूको तरीका मलाई ठीक लाग्यो । हरेक कुरा व्यावसायिक ढंगबाट जाने, जुरीमा पनि प्रोफेसनल नै तरिकाले जानुभयो । अलिकति इथिकल हो कि भन्ने लाग्यो मलाई । यो उहाँहरूले सृजना गरेको प्लेटफर्म पनि हो । आजको छलफल राम्रो थियो । यसले शैक्षिक क्षेत्रका जति पनि विज्ञहरू छन् उहाँहरूलाई हामीले अब यसरी सोच्नुपर्ने रहेछ, हामीले सधैं पढाएर मात्र नहुने रहेछ भन्ने लागोस् । हिजो पनि थियो होला । तर आज झनै स्पष्ट भयो । हामीले म्यानेजर निकाल्ने कि खाली सर्टिफिकेट निकाल्ने हो भन्ने समग्रमा कलेजहरू स्पष्ट हुनुभयो ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)