ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विगतमा आकर्षक लाभांश दिंदै आएको नबिल बैंकको लाभांश क्षमता कति ? हेरौं कम्पनी विश्लेषण

२०७९ भदौ, १५  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

भदौ १५, काठमाडौं । विगतका आर्थिक वर्षहरुमा नबिल बैंकले आफ्ना शेयरधनीलाई आकर्षित लाभांश दिंदै आएको छ । यस वर्ष पनि कम्पनीले कति देला त ? भन्ने लगानीकर्तामा कुतुहल जागेको छ ।  

गत आवको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको लाभांश क्षमता ३९ दशमलव ९४ रहेको छ । कम्पनीको वितरणयोग्य मुनाफालाई कम्पनीको कायम शेयर संख्याले भाग गरेर लाभांश क्षमता निस्कन्छ ।

एनएफआरएस प्रणाली अनुसार कम्पनीले आर्जन गरेको खुद नाफाबाट विभिन्न शीर्षकमा छुट्याए पछिको नाफा नै वितरणयोग्य नाफा हो । यही नाफाबाट कम्पनीले शेयरधनीलाई लाभांश वितरण गर्छन् । गत आवमा यस कम्पनीको वितरणयोग्य नाफा रू. ९ करोड १२ करोड रहेको छ । वाणिज्य बैंकहरु मध्ये यस कम्पनीले गत वर्ष सबैभन्दा बढी लाभांश वितरण गरेको थियो ।

कम्पनीले आव २०७७/ ७८सम्मको मुनाफाबाट शेयरधनीलाई ३३ दशमलव ६ प्रतिशत बोनस शेयर र ४ दशमलव ४ प्रतिशत नगद लाभांश वितरण गरेको हो । नेपाल बङ्गलादेश बैंकलाई प्राप्तिपछि कम्पनीको चुक्तापूँजी रू. २२ अर्ब ८३ करोड भन्दा बढी पुगेको छ । गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले रू. ४ अर्ब ९७ करोड भन्दा बढी नाफा कमाएको छ।  अघिल्लो आवको सोही अवधिमा कम्पनीले रू. ४ अर्ब ५२ करोड नाफा कमाएको थियो ।

त्यसैगरी कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा जगेडामा रू. २६ अर्ब ३७ करोड र रिटेण्ड अर्निङमा रू. ३ अर्ब ३७ करोड भन्दा बढी सञ्चित गरेको हो । त्यसैगरी कम्पनीको मूल्य आम्दानी अनुपात रू. २६ दशमलव ८८,तरलता अनुपात २२ दशमलव ७९ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. २३० दशमलव ३७ रहेको छ । 

बुधवार कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६८६ कायम भएको छ । यो शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा भने ३ रुपैया ५ पैसा घटेको हो । यस कम्पनीको ३५ हजार ८२० कित्ता शेयर खरीदविक्री भएको छ । ५२ हप्ताको कारोबार अवधिमा कम्पनीको शेयर मूल्य उच्च रू. १ हजार ७४० सम्म पुगेको थियो भने न्यून विन्दु रू. ७२६ सम्म झरेको थियो । 
पछिल्लो समय लगानीकर्ताहरुले कम पूँजी भएका कम्पनीहरुको शेयरमा बढी ट्रेड गरेको देखिन्छ । सोही कारण पनि ठूलो पूँजी भएका कम्पनीहरुको शेयरमूल्य खासै नबढेको जानकारहरु बताउँछन् । यद्धपि दिर्घकालिन लगानीकर्ताहरुले भने  यस कम्पनीको शेयरबाट राम्रो प्रतिफल प्राप्त गरेको बताउँछन् । 
 कम्पनीको अध्यक्षमा दिपेन्द प्रसाद पौडेल रहेको छन् । त्यसैगरी सञ्चालकमा निर्वाण चौधरी, मुखर्जी, आसा राना अधिकारी, प्रविन टिबडेवाल, अन्नत पौडेल र एआरएम नाजमुस सकिब रहेका छन् । त्यसैगरी कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा ज्ञानेन्द्र प्रसाद ढुङ्गाना रहेका छन् । 
कम्पनीले विगत पाँच वर्षमा शेयरधनीलाई दिएको लाभांश विवरण 

 कम्पनीको चौथो त्रैमासिक वित्तीय विवरण 

मैनबत्ती चित्र 


    
१ जुन २०२२                                                                                       ३१ अगष्ट २०२२
७४ दिनको कारोबार अवधिको अन्तिम दिनमा सानो पुच्छर र लामो टुप्पि भएको कालो मैनबत्ती आकृती बनेको छ ।यस्तो आकृतीले कम्पनीको शेयर मूल्य आगामी दिनमा घट्ने सँकेत देखाउँछ । कम्पनीको विगत ४ दिनको चार्ट हेर्दा  यहि शेयरमूल्यमा टेवा पाएर माथि जाने सँकेत पनि देखिन्छ । 
आरएसआई


१ जुन २०२२                                                                                       ३१ अगष्ट २०२२
: ७४ दिनको कारोबार अवधिमा आरएसआई ३४ दशमलव २० विन्दुमा रहेको छ । यो न्यूट्रल जोनमा रहेको हो । यस्तो अवस्थामा खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।  
     स्ट्याण्र्ड डेभिएसन


                         
१ जुन २०२२                                                                                       ३१ अगष्ट २०२२
: ७४ दिनको कारोबार अवधिमा स्ट्याण्र्ड डेभिएसन ३ दशमलव ४२ विन्दुमा रहेको छ । यस्तो अवस्थामा न्यून रहेको छ । यस्तो अवस्थामा लाभ पनि कम हुन्छ भने जोखिम पनि कम हुने देखिन्छ । 
मुभिङ एभरेज

१ जुन २०२२                                                                                       ३१ अगष्ट २०२२

: हालको शेयर मूल्य ७ दिने र १४ दिने रेखाको तल रहेको छ ।   यस्तो अवस्थामा ७ दिने रेखाले २६ दिने रेखालाई तलबाट काटेर माथि गएमा शेयर मूल्य बढ्ने गर्दछ भने २६ दिने रेखामा प्रतिरोध पाएर फर्किएमा मूल्य घट्ने देखिन्छ । कम्पनीको बुधवारकोे शेयर मूल्य प्रतिकित्ता रू. ७८६ देखि सस्तिएमा  रू ७४० मा टेवा पाउने देखिन्छ भने मंहंगिएमा रू. ८०२ मा प्रतिरोध पाउने देखिन्छ  ।

( सावधानी : हामीले उपलब्ध तथ्याङ्कको अधारमा गरेको विश्लेषण आफैमा पुर्ण होइन, लगानीकर्ताले लगानी गर्नु पूर्व कम्पनीको समग्र आधारभुत पक्ष र प्राविधिक पक्ष हर्नु आवश्यक रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)