भदौ २१, काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरका २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरिरहेको छ ।
कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ । शेयर निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
बोर्डबाट स्वीकृती पाएपछि कम्पनीले हकप्रद शेयर निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. २६ करोड २४ लाख रहेको छ । शतप्रतिशत हकप्रद शेयर निष्कासन बाँडफाँट पछि कम्पनीको चुक्तापूँजी रू. ५२ करोड ४९ लाखभन्दा बढी पुग्नेछ । कम्पनीले यसभन्दा अगाडि पनि शतप्रतिशत हकप्रद शेयर निष्कासन गरेको थियो ।
गत आवको चौथौ त्रैमाससम्ममा कम्पनी रू.१ करोड ५७ लाखभन्दा बढी नोक्सानीमा रहेको छ । अघिल्लो आवको सो अवधिमा पनि कम्पनी रू. १ करोड १९ लाख नोक्सानीमा थियो । गत आवमा कम्पनी नोक्सानीमा गएसँगै प्रतिशेयर आम्दानी रू. ८ दशमलव ८८ ऋणात्तमक रहेको छ ।
त्यसैगरी कम्पनीको तरलता अनुपात ६६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ५७ दशमलव ६६ रहेको छ । गत आवको चौथौ त्रैमाससम्ममा कम्पनीले रू. ३३ करोड ६६ लाख निक्षेप संकलन गरेर रू.३४ करोड २० लाखभन्दा कर्जा लगानी गरेको छ ।
हालसम्म कम्पनीले शेयरधनीलाई कुनै पनि लाभांश दिएको छैन । मंगलवार कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४३० कायम भएको छ । यो शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा भने ३ रुपैयाँ ९ पैसाले घटेको हो ।
५२ हप्तामा कम्पनीको शेयरमूल्य उच्च प्रतिकित्ता रू. १ हजार ३५ दशमलव १० सम्म पुगेको थियो भने न्यून रू. ३१७ दशमलव ७० सम्म झरेको छ ।
पछिल्लो समय लगानीकर्ताहरुले धेरै पूँजीभन्दा पनि थोरै पूँजी भएको कम्पनीको शेयरमा बढी ट्रेड गरेको देखिन्छ । कम पूँजी र कम शेयरमूल्य भएका कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण बढी छ । सोही कारण केही बजार बढ्ने वित्तीकै कम पूँजी भएका कम्पनीहरुको शेयरमूल्य ह्वात्तै बढेको देखिन्छ ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा पशुपति पौडेल रहेका छन् । त्यस्तै कम्पनीको अध्यक्षमा राम प्रसाद रुपाखेती रहेका छन् । सञ्चालकहरुमा गणेश मान प्रधान, रमेश पौडेल र स्वतन्त्र सञ्चालकमा बलराम पौडेल रहेका छन् ।
चौथो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको वित्तीय अवस्था :
मैनबत्ती चित्र
७ जुन २०२२ ६ सेप्टेम्बर २०२२
७५ दिनको कारोबार अवधिको अन्तिम दिनमा लामो पुच्छर र सानो टुप्पि भएको कालो मैनबत्ती आकृती बनेको छ ।यस्तो आकृतीले कम्पनीको शेयरमूल्य आगामी दिनमा घट्ने सँकेत देखाउँछ ।
आरएसआई
७ जुन २०२२ ६ सेप्टेम्बर २०२२
: ७५ दिनको कारोबार अवधिमा आरएसआई ४३ दशमलव २० विन्दुमा रहेको छ । यो न्यूट्रल जोनमा रहेको हो । यस्तो अवस्थामा खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।
स्ट्याण्डर्ड डेभिएसन
७ जुन २०२२ ६ सेप्टेम्बर २०२२
: ७५ दिनको कारोबार अवधिमा स्ट्याण्र्ड डेभिएसन ५ दशमलव ९७ विन्दुमा रहेको छ । यस्तो अवस्थामा न्यून रहेको छ । यस्तो अवस्थामा लाभ पनि कम हुन्छ भने जोखिम पनि कम हुने देखिन्छ ।
मुभिङ एभरेज
७ जुन २०२२ ६ सेप्टेम्बर २०२२
: हालको शेयर मूल्य ७ दिने र १४ दिने रेखाको तल रहेको छ । यस्तो अवस्थामा ७ दिने रेखाले २६ दिने रेखालाई तलबाट काटेर माथि गएमा शेयर मूल्य बढ्ने गर्दछ भने २६ दिने रेखामा प्रतिरोध पाएर फर्किएमा मूल्य घट्ने देखिन्छ । कम्पनीको मंगलवारको शेयर मूल्य प्रतिकित्ता रू. ४३० देखि सस्तिएमा रू ४२० मा टेवा पाउने देखिन्छ भने मंहंगिएमा रू. ४५० मा प्रतिरोध पाउने देखिन्छ । ( सावधानी : हामीले उपलब्ध तथ्याङ्कको अधारमा गरेको विश्लेषण आफैमा पुर्ण होइन , लगानीकर्ताले लगानी गर्नु पूर्व कम्पनीको समग्र आधारभुत पक्ष र प्राविधिक पक्ष हर्नु आवश्यक रहेको छ ।