ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चिलिमे जलविद्युत कम्पनी : कम्पनी विश्लेषण (मंगलवार, ११ असोज २०७९)

२०७९ असोज, ११  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

आधारभूत विश्लेषण

जलविद्युत क्षेत्रका कम्पनीहरूमध्ये लाभांश वितरणमा आकर्षक मानिएको चिलिमे जलविद्युत कम्पनीले गत वर्षको लाभांश सार्वजनिक गरेको छैन् । कम्पनीले गत वर्ष १५ प्रतिशत लाभांश वितरण गरेको थियो । कम्पनीले गत वर्ष ७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

गत वर्षको तुलनामा यस वर्ष बढी लाभांश वितरण गर्ने अपेक्षा लगानीकर्ताहरूको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले रू. ७६ करोड ७८ लाखभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीले १४ दशमलव ९३ प्रतिशत बढी खुद नाफा गरेको हो ।

कम्पनीले विद्युत विक्रीबाट अघिल्लो वर्षभन्दा करिब ५ प्रतिशत बढी रू. १ अर्ब १८ करोड १७ लाखभन्दा बढी आम्दानी गरेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब ७५ करोड १७ लाख ९४ हजार रहेको छ । धितोपत्र दोस्रो बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ३५७ रहेको छ । पछिल्लो कारोबार दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ ले घटेको हो ।


 

निष्कर्ष

कम्पनीको ७० दिनको कारोबार अवधिको अन्तिम दिनमा बुलिश प्रवृत्तिको टुप्पी र पुच्छर सहितको मैनबत्ती बनेको छ । यस्तो आकृतिले बजारमा आगामी दिनमा कम्पनीको शेयरमूल्य हालकै प्रवृत्तिमा निरन्तर हुने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ३१ दशमलव ४० विन्दुमा छ । यसले शेयर खरिदबिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएशन ३ दशमलव ४३ विन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ ।

यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढा छन् भने हालको मूल्यरेखा यी दुबै मूल्यरेखा भन्दा तल छ । आइतवारको शेयरमूल्य रू. ३५७ देखि बजारको अवस्था परिवर्तन भई मूल्य महँगिएमा रू. ३९४ मा प्रतिरोध पाउने देखिन्छ भने मूल्य सस्तिएमा रू. ३५४ मा पहिलो टेवा पाउने देखिन्छ ।

सावधानी : हामीले उपलब्ध तथ्याङ्कको अधारमा गरेको विश्लेषण आफैमा पुर्ण होइन, लगानीकर्ताले लगानी गर्नु पूर्व कम्पनीको समग्र आधारभुत पक्ष र प्राविधिक पक्ष हर्नु आवश्यक रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)