ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल दूरसञ्चार कम्पनी : कम्पनी विश्लेषण (सोमवार, २४ असोज २०७९ ) 

२०७९ असोज, २४  
लगानी कम्पनी विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

आधारभूत विश्लेषण :
धितोपत्र दोस्रा बजारमा कुल बजार पूँजीकरणको दोस्रो स्थानमा रहेको नेपाल दूरसञ्चार कम्पनीले गत आर्थिक वर्षको लाभांश सार्वजनिक गर्न बाँकी छ । लगानीकर्ताहरूलाई विगतका वर्षहरूमा आकर्षक लाभांश वितरण गर्दै आएको यस कम्पनीले यो वर्ष पनि सोही क्रमलाई निरन्तरता दिने अपेक्षा लगानीकर्ताको छ । विगतका दुई आर्थिक वर्ष भने कम्पनीले लगातार ४० प्रतिशत लाभांश वितरण गरेको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६/ ७७ को मुनाफाबाट कर समेत ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो भने आर्थिक वर्ष २०७७/ ७८ मा २० प्रतिशत बोनस शेयर र कर समेत २० प्रतिशत नगद लाभांश कम्पनीले वितरण गरेको हो । कम्पनीले विगतका दुई आर्थिक वर्ष हालसम्मकै कम लाभांश वितरण गरेको हो । त्यसअघिको लाभांश वितरणको तथ्याङ्कलाई हेर्दा कम्पनीले अधिकतम ५५ प्रतिशतसम्म लाभांश वितरण गरेको अवस्था छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले रू. ८ अर्ब ३८ करोडभन्दा बढी खुद नाफा गरेको छ । चुक्तापूँजी रू.१८ अर्ब पुर्‍याएको कम्पनीको जगेडा कोष रकम रू. ७७ अर्ब ३ करोडभन्दा बढी कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. ४६ दशमलव ५६ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ५२८ दशमलव १३ रहेको छ । 


निष्कर्ष
कम्पनीको ७० दिनको कारोबार अवधिको अन्तिम दिनमा ग्रेभस्टोन डोजी बनेको छ । यस्तो मैनबत्तीले बजारमा उक्त कम्पनीको कारोबार प्रवृत्ति हालको भन्दा रिभर्सल रहने संकेत गर्छ । आरएसआई न्युट्रल जोन ३२ दशमलव ३२ विन्दुमा छ । यसले शेयर खरीदविक्री चाप सन्तुलनमा रहेको देखाउँछ ।

कम्पनीको स्ट्यान्डर्ड डेभिएशन २ दशमलव ५२ विन्दुमा छ । उतारचढाव न्यून रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ । त्यस्तै कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढा छन् भने हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा तल छ । 

सावधानी : हामीले उपलब्ध तथ्याङ्कको अधारमा गरेको विश्लेषण आफैमा पुर्ण होइन, लगानीकर्ताले लगानी गर्नु पूर्व कम्पनीको समग्र आधारभुत पक्ष र प्राविधिक पक्ष हर्नु आवश्यक रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)