काठमाडौं । एशियन पेन्ट्स ‘न्यूबिज बिजनेश कन्क्लेभ एण्ड अवार्डस्’ को सातौं संस्करण विभिन्न आठ विधामा अवार्ड प्रदान गरेर सम्पन्न भएको छ । उक्त अवार्ड वितरणका लागि विशेष मापदण्डहरू तय गरिएका थिए ।
अवार्डका आठ विधामध्ये सातओटा संस्थागत रहेका थिए । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर राणालाई व्यावसायिक क्षेत्रमा पुर्याएको उच्च योगदानको कदर गर्दै लाइफ टाइम एचिभमेन्ट इन बिजनेश लिडरशिप अवार्ड प्रदान गरिएको छ । उनी सरकारका प्रथम अर्थसचिव पनि हुन् । विदेशी संयुक्त लगानीमा वाणिज्य बैंक (हिमालयन बैंक) र गोर्खा ब्रुअरीको स्थापनामा उनको नेतृत्वदायी भूमिका थियो । साथै उनले लुम्बिनी जनरल इन्स्योरेन्सको स्थापनामा पनि नेतृत्व गरेका थिए ।
लाइफ टाइम एचिभमेन्ट इन बिजनेश लिडरशिप अवार्ड छनोटका लागि दूरदर्शी भिजन, ल्याएका नवप्रवर्तन, कम्तीमा ३० वर्षदेखि व्यवसायमा संलग्नता, व्यवसायप्रतिकोे लगाव, सार्वजनिक छवि जस्ता तत्त्वलाई स्वतन्त्र निर्णायक मण्डलले हेरेको थियो ।
सातओटा संस्थागत विधामा बेस्ट म्यानेज्ड कम्पनी अफ द इयरअन्तर्गत बनाइएका मापदण्डमा खासगरी पारदर्शिता, नियामकीय अनुपालना, व्यावसायिक व्यवस्थापन, व्यवसायको सामाजिक महत्त्व, सामाजिक उत्तरदायित्व, उपभोक्ताको गुनासो व्यवस्थापन, व्यवसाय विस्तारको दिगोपना, बजारमा कम्पनीको छविजस्ता बुँदाहरूलाई लिइएको थियो ।
बेस्ट म्यानेज्ड कमर्शियल बैंक, बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक, बेस्ट म्यानेज्ड फाइनान्स कम्पनीको विधामा खासगरी बैंकको आधारदर, ब्याजदरको अन्तर, सम्पत्तिमा प्रतिफल, पूँजीमा प्रतिफल, सीडी रेसियोजस्ता मापदण्डका आधारमा निर्णय लिइएकोे थियो । त्यस्तै, पूँजी पर्याप्तता अनुपात, खुद ब्याज आम्दानी, कमसल कर्जाको अनुपात, बुक भ्यालु, कुल नाफामा अन्य आम्दानीको योगदान, वासलातको आकारको तुलनामा कर्मचारी खर्च, मूल्य आम्दानी अनुपात, वासलातकोे आकारमा वृद्धिजस्ता मापदण्डमा रहेर निर्णय गरिएको थियो ।
बेस्ट म्यानेज्ड माइक्रोफाइनान्स कम्पनी विधातर्फ बनाइएको मापदण्डमा औसत कर्जाको आकार, उठन बाँकी कर्जाको वृद्धि, बजार इमेज, प्रतिकर्मचारी सदस्यको संख्या, कर्जाको गुणस्तर (खराव कर्जाको आधारमा), प्रतिकर्मचारी उठन बाँकी कर्जा, सम्पत्तिमा प्रतिफल, कुल सम्पत्तिको तुलनामा कर्मचारी खर्च, प्रतिशेयर नेटवर्थ, तथा पूँजीकोष अनुपात हेरिएको थियो । यस्तै थोक लगानीकर्ता, स्टक एक्सचेन्जमा सूचीकृत नभएका, औसतभन्दा कम शाखा सञ्जाल भएका, २०७९/८० को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन अझै नगरेका, २०७८ पुस मसान्तसम्म २०७७/७८ को साधारणसभा सम्पन्न नगरेका कम्पनीहरूलाई मूल्यांकनमा समावेश गरिएको थिएन ।
बेस्ट म्यानेज्ड ननलाइफ इन्स्योरेन्स र बेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्सतर्फका उत्कृष्ट कम्पनी छनोट गर्दा कम्पनीको नाफा, चुक्तापूँजी र जगेडा कोष, पोलिसी संख्या, कुल प्रिमियम, दाबी फछ्र्योट र बाँकी दाबी, सरेन्डर दर, गुनासो व्यवस्थापन, नियामकको कारबाही र माइक्रो बीमाको रकम, बीमा रकमको धारण लगायतलाई आधार मानिएको थियो भने स्टक एक्सचेन्जमा सूचीकृत नभएका कम्पनीलाई मूल्यांकनमा समावेश गरिएको थिएन ।
यसका साथै बेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्सको छनोट गर्दा बोनस दर र बीमालेख नवीकरण दरलाई समेत आधार बनाइएको थियो । बेस्ट म्यानेज्ड ननलाइफ इन्स्योरेन्स छनोट गर्दा कृषि बीमाको रकमलाई पनि आधार बनाइएको थियो ।
सम्मानित कम्पनीहरू
बेस्ट म्यानेज्ड कम्पनी अफ द इयर
शिवम् सिमेन्ट्स लिमिटेड
बेस्ट म्यानेज्ड ननलाइफ इन्स्योरेन्स कम्पनी
पहिलो, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड
दोस्रो, सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड
तेस्रो, नेको इन्स्योरेन्स लिमिटेड
बेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स
पहिलो, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड
दोस्रो, नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड
तेस्रो, लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल लिमिटेड
बेस्ट म्यानेज्ड कमर्सियल बैंक
पहिलो, स्ट्याण्डर्ड चार्टर्ड बैंक
दोस्रो, सिद्धार्थ बैंक लिमिटेड
तेस्रो, राष्ट्रिय वाणिज्य बैंक
बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक
पहिलो, शाइन रेसुंगा डेभपलमेन्ट बैंक
दोस्रो, दोस्रो मुक्तिनाथ डेभलपमेन्ट बैंक
तेस्रो, लुम्बिनी विकास बैंक र कामना सेवा विकास बैंक
बेस्ट म्यानेज्ड फाइनान्स कम्पनी
पहिलो, आइ सि एफ सि फाइनान्स लिमिटेड
दोस्रो, गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स
तेस्रो, गुडविल फाइनान्स लिमिटेड
बेस्ट म्यानेज्ड माइक्रोफाइनान्स कम्पनी
पहिलो, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड
दोस्रो, फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड
तेस्रो, डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड
लाइभटाइम एचिभमेन्ट इन बिजनेश लिडरशिप
हिमालय शमशेर राणा, नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर
निर्णायक मण्डल
बेस्ट म्यानेज्ड बैंकिङ एण्ड फाइनान्सिङ कम्पनीहरू
अनलराज भट्टराई, सीईओ, एनआरएन नेपाल डेभलपमेन्ट फन्ड
सुदर्शनराज पाण्डे, पार्टनर, एसआर पाण्डे एण्ड कम्पनी
पर्शुराम कुँवर क्षेत्री, फाइनान्सियल कन्सल्टेन्ट, पर्शुराम एण्ड एशोसिएट्स
कृष्ण प्रधान, पूर्वकार्यकारी निर्देशक नेपाल राष्ट्र बैंक
उदयराज खतिवडा, माइक्रो फाइनान्स विज्ञ
बेस्ट म्यानेज्ड इन्स्योरेन्स कम्पनीहरू
श्रीमान कार्की, इन्स्योरेन्स विज्ञ
शशि सत्याल, सीए, म्यानेजिङ पार्टनर, पीकेएफ टीआर उपाध्याय एण्ड कम्पनी
महेशकुमार थापा, म्यानेजिङ पार्टनर, सिन्हा बर्मा ल कन्सर्न
बेस्ट म्यानेज्ड कम्पनी
विमल वाग्ले, पूर्व सचिव, नेपाल सरकार तथा व्यवस्थापन विज्ञ
श्रीमान कार्की, इन्स्योरेन्स विज्ञ
शशि सत्याल, सीए, म्यानेजिङ पार्टनर, पीकेएफ टीआर उपाध्याय एण्ड कम्पनी
महेशकुमार थापा, म्यानेजिङ पार्टनर, सिन्हा बर्मा ल कन्सर्न
लाइफ टाइम एचिभमेन्ट इन बिजनेश लिडरशिप अवार्ड
शेखर गोल्छा, अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ
राजेन्द्र मल्ल, अध्यक्ष नेपाल चेम्बर अफ कमर्स
विष्णुकुमार अग्रवाल, अध्यक्ष नेपाल उद्योग परिसंघ