ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आर्थिक अभियान १८औं वार्षिकोत्सव विशेष : विकासमा अटो क्षेत्रको टेवा

२०८० भदौ, २०  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रतिक्षा कडेल

नेपालको आर्थिक विकासमा अटोक्षेत्रको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ । यस क्षेत्रमा लाखौंको संख्यामा रोजगारी सृजना हुनुका साथै अर्बौं रुपैयाँ राजस्वसमेत संकलन हुँदै आएको छ । 

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका महासचिव सुरेन्द्रकुमार उप्रेती नेपालको आर्थिक साथै भौतिक विकासमा सबैभन्दा बढी योगदान अटोक्षेत्रको दाबी गर्छन् । ‘निर्माण क्षेत्रमा काम गर्न, गाउँमा उब्जिएको कुनैपनि किसिमको कृषि उपज बजार पुर्‍याउन अथवा सर्वसाधारण नै एक ठाउँबाट अर्को ठाउँमा जान अटोक्षेत्रको महत्त्वपूर्ण भूमिका हुन्छ,’ उनले भने । 

महासचिव उप्रेती विकसित मुलुकमा अटोको क्षेत्र प्राथमिकतामा राखेर योजना बनाइने बताउँछन् । ‘छिमेकी मुलुक भारतदेखि चीनसम्ममा अटो क्षेत्रको निकै विकास भइसकेको छ । जसका कारण आज यी दुवै मुलुक विश्वकै ठूला अर्थतन्त्र भएको मुलुक बन्न सफल भएका छन्,’ उनले भने, ‘त्यसैले नेपाल जस्तो मुलुकको आर्थिक विकास र समृद्धिका लागि राज्यले अटोक्षेत्र प्रवर्द्धन र प्रोत्साहन गर्नु आवश्यक छ ।’ आयातबाट हुने राजस्वमा २२ प्रतिशतभन्दा बढी योगदान अटोक्षेत्रको छ । आज रोडको विकास अटोक्षेत्रबाट संकलन भएको सडक करबाट भइरहेको उनको भनाइ छ । ‘यस क्षेत्रबाट भ्याट, भन्सार, सडक करलगायत विभिन्न शीर्षकमा अर्बौ रुपैयाँको राजस्व संकलन हुने गरेको छ । नेपालजस्तो मुलुको विकासका लागि अटोक्षेत्र अपरिहार्य छ,’ उनले भने ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष (आव) सन् २०२०/२१ मा १ खर्ब २३ अर्ब ६९ करोड रुपैयाँको र सन् २०२१/२२ मा १ खर्ब २३ अर्ब ९१ करोड रुपैयाँको यातायात उपकरण, सवारीसाधन र अन्य सवारीसाधन स्पेयर पार्ट्स आयात भएको थियो । आव सन् २०२२/२३ मा भने आयात ५० दशमलव १ प्रतिशतले घट्दा राजश्व ६१ अर्ब ७९ करोड रुपैयाँमा सीमित भएको छ । आव सन् २०२२/२३ मा कुल आयातको ३ दशमलव ८ प्रतिशत अंश यातायात उपकरण, सवारीसाधन र अन्य सवारीसाधन स्पेयर पार्ट्सको रहेको छ । 

उप्रेतीका अनुसार नेपालमा एयरपोर्ट ढुवानीदेखि, बस सहचालकसम्म अटोक्षेत्रमा १० लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेको अवस्था छ । नेपालमा सञ्चालनमा रहेका बजाज, टीभीएस, यामाहा र होन्डालगायत एसेम्बलिङ प्लान्टले पनि रोजगारी सृजना गरेर विकासमा सहयोगी बनेको उनी बताउँछन् । हुन्डाइ, महेन्द्रालगायत अन्य थुप्रै कम्पनी पनि एसेम्बलिङ प्लान्ट सञ्चालनको क्रममा छन् । तर, एसेम्बलिङ प्लान्ट प्रोत्साहन गर्न सरकारले छुट्टै निश्चित क्षेत्र ‘स्पेसिफिक जोन’ बनाएर अघि बढ्न आवश्यक छ । 

अटोक्षेत्रको डाइनामिक्समा परिवर्तन हुँदै 

नेपालमा अब बिस्तारै अटोक्षेत्रको डाइनामिक्समा पनि परिवर्तन आउने महासचिव उप्रेती बताउँछन् । नेपाली सडकमा अहिले पेट्रोलियम गाडीको संख्या बढी पाइन्छ । तर, अब बिस्तारै पेट्रोलियम गाडीलाई विद्युतीय गाडीले प्रतिस्थापित गर्दै छ । उप्रेती भन्छन, ‘अटोक्षेत्रको डाइनामिक्समा परिवर्तन भएसँगै सरकारले त्यहीअनुरूपको पूर्वाधार पनि बनाउन आवश्यक छ ।’ पेट्रोल र डिजेल आयातमा ठूलो रकम बाहिरिँदै आएको अवस्था छ । त्यसैले विद्युतीय गाडी व्यापारघाटा कम गर्न सकिने माध्यम बन्नसक्छ । त्यसका साथै यसबाट मुलुकमा बढी भएको विद्युत् पनि यही खपत हुने महासचिव उप्रेतीको भनाइ छ । अहिले मुलुकभर १०० हाराहारी फास्ट चार्जिङ स्टेशन छन् । तर, पेट्रोल पम्पको संख्या कैयौं गुणा बढी छ, ’ उनले भने, ‘अब विद्युतीय गाडीका लागि आवश्यक पूर्वाधार निर्माण गरिनुपर्छ, पार्किङ क्षेत्रदेखि ठूलाठूला महलसम्ममा चार्जिङ स्टेशन बनाउनु आवश्यक छ ।’ यस्तै चार्जिङ स्टेशनलाई घरमा आउने १५ एम्पियरको विद्युत्भन्दा बढी क्यापसिटीको विद्युत् आवश्यक पर्ने भएकाले सरकार र नेपाल विद्युत् प्राधिकरणले उक्त विषयमा पनि काम गर्न आवश्यक रहेको उप्रेती बताउँछन् । 

नाडा अध्यक्ष ध्रुव थापा नेपालमा डिजेल पेट्रोलबाट गाडीेको तुलनामा विद्युतीय गाडीको वृिद्धदर राम्रो भएको बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)