ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नाडा अटो शो २०२३ विशेष: ‘नाडा अटो शो २०२३’ का आकर्षण

२०८० भदौ, २८  
समाचार अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

मेलामा दर्जनभन्दा बढी नयाँ कार तथा मोटरसाइकल सार्वजनिक हुने नाडाले बताएको छ । मेलामा हुन्डाई, सुजुकी, टाटा, बिवाइडी, एमजी लगायत ब्रान्डहरूका नयाँ गाडी सार्वजनिक गरिएका छन् ।

काठमाडौं। नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)द्वारा आयोजित ‘नाडा अटो शो २०२३’ मंगलवारदेखि शुरू भएको छ । टाटा मोटर्स जेनुइन आयलद्वारा प्रायोजित मेला भदौ ३१ गतेसम्म चल्नेछ । नेपालको अटो क्षेत्रको कुम्भमेला मानिने नाडा अटो शोमा यसपटक विभिन्न ब्रान्डका नयाँ गाडी सार्वजनिक पनि भएका छन् ।

चार वर्षसम्म विभिन्न कारणले स्थगित हुँदै आएको शोमा यसपटक भने १६ ओटा ब्राण्डका चारपांग्रे, २२ ओटा ब्राण्डका दुईपांग्रे, सातओटा ब्राण्डका लाइट कमर्शियल भेहिकल, ९ ओटा वित्तीय संस्था, ३० ओटा लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीको सहभागिता रहेको छ ।

मेलामा वर्षभर हुनेमध्ये ६० प्रतिशत व्यापार हुने नाडाले बताएको छ । ६ दिनसम्म चल्ने यस शोमा करीब २० अर्ब रुपैयाँ बराबरको कारोबार हुने अनुमान नाडाको छ । मेलामा ७५ हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघसंस्थाको प्रदर्शनी यो मेलामा रहेको छ । आयोजकका अनुसार प्रदर्शनीमा ठूला तथा साना गरी १२० ओटा स्टल र ब्लक रहेका छन् ।

उक्त मेलामा दर्जनभन्दा बढी नयाँ कार तथा मोटरसाइकल सार्वजनिक हुने नाडाले बताएको छ । मेलामा हुन्डाई, सुजुकी, टाटा, बिवाइडी, एमजी लगायत ब्रान्डहरूका नयाँ गाडी सार्वजनिक गरिएका छन् । साथै सेरेस, स्काइवेलगायत नयाँ ब्रान्डका गाडीको पनि सहभागिता रहेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)