ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नाडा अटो शो २०२३ विशेष: कुन ब्रान्डका कस्ता नयाँ गाडी ?

२०८० भदौ, २८  
समाचार अभियान परिशिष्ट (सप्लिमेन्ट)
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

टाटा टियागो इभी

टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले टियागो इभी सार्वजनिक गरेको छ । विक्रेताका अनुसार गाडीको शुरुआती मूल्य २१ लाख ९९ हजार रुपैयाँ रहेको छ । टियागो इभीका लङ रेन्ज र मिडियम रेन्ज दुई भेरियन्ट नेपाली बजारमा ल्याइएका छन् ।

टियागो इभीको लङ रेन्ज भेरियन्टमा २४ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ । एकपटकको फुल चार्जमा ब्याट्रीले ३१५ किलोमिटरसम्म रेन्ज दिने कम्पनीले बताएको छ । यस्तै, मिडियम रेन्ज भेरियन्टमा १९.२ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ । एकपटकको फुल चार्जमा ब्याट्रीले २५० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीले बताएको छ । सिप्रदीका अनुसार नेपालमा टियागो इभी टिल ब्लु, डेटोना ग्रे, ट्रपिकल मिस्ट, प्रिस्टिन ह्वाइट र मिडनाइट प्लम गरी ५ रङमा उपलब्ध छ । सिप्रदीले अटो शोमा टाटा टियागो इभीका साथै टाटा नेक्सन इभी एक्स जेट प्लस र टाटा पन्च पनि सार्वजनिक गरेको छ ।

हुन्डाई एक्सटर

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नाडा अटो शोमा हुन्डाई एक्सटर सार्वजनिक गरेको छ । कम्पनीले नेपालमा दुईओटा भेरियन्टका हुन्डाई एक्सटर ल्याउने बताएको छ । हुन्डाई एक्सटरको नेपाली बजार मूल्य ४० लाखदेखि ४५ लाख रुपैयाँसम्म रहेको कम्पनीले बताएको छ । कम्पनीले सार्वजनिक गरेको एक्सटरको एसएक्स भेरियन्टमा ११९७ सिसी इन्जिन क्षमता रहेको छ । यस्तै सो गाडीमा ४ सिलिन्डर र ४ भल्भ रहेका छन् । ११३.८ एनएम टर्क क्षमता रहेको यस गाडीले १९.४ किलोमिटर माइलेज दिने कम्पनीले बताएको छ । गाडीमा ३७ लिटरको फ्युल ट्यांक रहेको छ ।

एमजी–फोर

नेपालका लागि एमजी मोटर्सको आधिकारिक विक्रेता कम्पनी पारामाउन्ट मोटर्सले केही दिनअघि नेपालमा सार्वजनिक गरेको एमजी–फोर पनि नाडा अटो शोको मुख्य आकर्षण रहेको छ । कम्पनीले नेपालमा एमजी–फोरका कम्फर्ट र लक्जरी भेरियन्ट सार्वजनिक गरेको छ । कम्पनीका अनुसार नेपालमा एमजी–फोरको कम्फर्ट भेरियन्टको मूल्य ४१ लाख ४९ हजार रुपैयाँ र लक्जरी भेरियन्टको मूल्य ५८ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

कम्पनीका अनुसार कम्फर्ट भेरियन्टको ब्याट्री क्षमता ५१ किलोवाट आवर र मोटरको क्षमता ९९ किलोवाट आवरको रहेको छ । यस्तै, लक्जरी भेरियन्टको ब्याट्री क्षमता ६४ किलोवाट आवर र मोटरको क्षमता १५० किलोवाट आवर रहेको छ । एकपटकको फुल चार्जमा कम्फर्ट भेरियन्टले ३५० किलोमिटर र लक्जरी भेरियन्टले ४३५ किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दाबी रहेको छ ।

बीवाइडी डल्फिन

नेपालका लागि बीवाइडीको आधिकारिक विक्रेता साइमेक्स इंकले सोमवार सार्वजनिक गरेको बीवाइडी डल्फिन पनि मेलाको मुख्य आकर्षण रहेको छ । साइमेक्स इंकका अनुसार नेपालमा बीवाइडी डल्फिनको शुरुआती मूल्य ३९ लाख ८० हजार रुपैयाँ रहेको छ । ह्याचब्याग सेगमेन्टको विद्युतीय गाडी बीवाइडी डल्फिनको ब्याट्री क्षमता ४४.९ किलोवाट आवर र मोटरको क्षमता ७० किलोवाट रहेको छ । एकपटकको फुल चार्जमा यो गाडीले ३४० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दाबी रहेको छ । कम्पनीका अनुसार बीवाइडी डल्फिन ४ ओटा रङमा उपलब्ध छ ।

स्कोडा स्लाभिया

नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु एक्सपान्जे प्रालिले आइतवार सार्वजनिक गरेको नयाँ प्रिमियम सेडान स्लाभिया पनि नाडा अटो शोको मुख्य आकर्षण रहेको छ । कम्पनीले स्कोडा स्लाभिया दुई ट्रान्समिसन अप्सन र तीन भेरियन्टमा उपलब्ध हुने बताएको छ । गाडीले १९.४७ किलोमिटरको माइलेज दिनुका साथै १०.७ सेकेन्डमा १०० किलोमिटर प्रतिघन्टाको गति लिन सक्ने कम्पनीको दाबी रहेको छ । यस्तै नयाँ स्कोडा स्लाभियामा १.० लिटरको थ्री सिलिन्डर र ६ स्पिड म्यानुअल रहेका छन् । गाडीको ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक टर्बो पेट्रोल इन्जिनले ११५ पीएस पावर र १७८ एनएम टर्क उत्पन्न गर्ने कम्पनीले बताएको छ । नेपाली बजारमा यो प्रिमियम सेडान क्रिस्टल ब्लु, क्यान्डी ह्वाइट, ब्रिलियन्ट सिल्भर र कार्बन स्टिल गरी चार रङमा उपलब्ध छ । यसको मूल्य ४९ लाख ४० हजारदेखि ७४ लाख ९० हजार रुपैयाँसम्म रहेको कम्पनीले बताएको छ ।

निसान लिफ

नेपालका लागि निसान गाडीको आधिकारिक विक्रेता पायोनियर मोटो कर्पले जेरो इमिसन सेकेन्ड जेनेरेसन निसान लिफ विद्युतीय गाडी सार्वजनिक गरेको छ । कम्पनीका अनुसार गाडीमा ४० किलोवाट आवरको लिथियम–आयन ब्याट्री रहेको छ । गाडीले ३११ किलोमिटरसम्म रेन्ज प्रदान गर्ने कम्पनीको दाबी रहेको छ । गाडीको अधिकतम गति १४० किलोमिटर प्रतिघन्टा रहेको कम्पनीले बताएको छ । कम्पनीका अनुसार गाडीले ७ दशमलव ९ सेकेन्डमा शून्यबाट १०० किलोमिटरको गति लिन सक्छ । कम्पनीका अनुसार निसान लिफसँगै आउने युनिभर्सल चार्जिङ केबलको साथ घरको वाल–आउटलेटमार्फत १५ देखि १८ घण्टामा फुल चार्ज गर्न सकिन्छ । गाडीमा ३ वर्ष वा १ लाख किलोमिटरको वारेन्टी रहेको छ । यस्तै यसको ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी रहेको कम्पनीले बताएको छ । निसानले निसान लिफ विद्युतीय गाडीका साथै नाभारा प्रो फोर एक्स गाडीको विशेष लाइफ स्टाइल एडिसन र नयाँ निसान म्याग्नाइटको नयाँ एएमटी भेरियन्ट पनि सार्वजनिक गरेको छ ।

महिन्द्रा स्कोर्पियो क्लासिक

नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटले नयाँ मोडलको स्कोर्पियो क्लासिक शोमा सार्वजनिक गरेको छ । कम्पनीका अनुसार गाडीको मूल्य ८० लाख ५० हजार रुपैयाँ रहेको छ । स्कोर्पियो क्लासिकमा २.२ लिटर फोर सिलिण्डर डिजेल इन्जिन रहेको छ । गाडीको इन्जिनले १३६ हर्स पावर उत्पन्न गर्छ । यस्तै, गाडीले ३०० एनएम टर्क उत्पादन गर्ने कम्पनीको दाबी रहेको छ । गाडीमा ६ स्पीड म्यानुअल गियरबक्सका साथै क्रुज कन्ट्रोल, नयाँ स्टेरिङ ह्वील, पावर विन्डो, सेकेन्ड रोमा एसी भेन्ट्स, अटोमेटिक क्लाइमेट कन्ट्रोल, ड्यूल एयरब्याग लगायत विशेषता छन् । गाडीमा टु ह्वील र फोर ह्वील ड्राइभ अप्सन पनि उपलब्ध छ ।

होन्डा एलिभेट

नेपालका लागि होन्डा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले सार्वजनिक गरेको ५ सिटर एसयूभी होन्डा एलिभेट पनि प्रदर्शनमा राखिएको छ । नेपालमा विभिन्न आठ भेरियन्टमा उपलब्ध रहेको गाडीको मूल्य ५६ लाख ३५ हजारदेखि ७९ लाख ४४ हजार रुपैयाँसम्म रहेको कम्पनीले बताएको छ । गाडीको २२० मिलिमिटर ग्राउन्ड क्लियरेन्स रहेको छ । गाडीको इन्जिनले ११९ हर्स पावर शक्ति प्रदान गर्ने कम्पनीको दाबी रहेको छ । गाडीमा जडान गरिएको अत्याधुनिक होन्डा सेन्सिङ प्रणालीले ड्राइभरलाई सहायता गर्दै अत्यधिक सुरक्षा प्रदान गर्ने कम्पनीले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)