ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लगातार सात कारोबार दिनमा साढे ९ प्रतिशत बढेको नेप्से किन झर्दैछ ओरालोमा ?

पछिल्लो लगातार पाँच कारोबार दिनमा ३.८५ % घट्यो बजार

२०८० पुस, १६  
लगानी नेप्से विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेप्से परिसूचक लगातार पाँच कारोबार दिन घटेको छ । पाँच कारोबार दिनमा परिसूचक ३ दशलमव ८५ प्रतिशत घटेको हो ।

यसअघि नेप्से सात कारोबार दिनमा साढे ९ प्रतिशत वृद्धि भएको थियो । लगातार बढेको बजारमा कारोबारीले प्रोफिट बुक गर्दा पछिल्लो समय लगातार परिसूचक घट्न थालेको जानकार बताउँछन् ।

लगानीकर्ता भने ‘पर्ख र हेर’को अवस्थामा रहेको देखिन्छ । विक्रेतामा शेयर मूल्य सस्तो भएपछि मात्र किन्ने प्रवृत्ति हुन्छ । यसकारण बजार बढ्न नसकेको जानकारको भनाइ छ । 

प्रोफिट बुक गरी बसेका ठूला कारोबारी र संस्थागत लगानीकर्ताले पुनः खरीद तीव्र पार्ने र बजारले पुनः गति लिने शेयर बजारका जानकार आशावादी छन् । 

आगामी दिनमा शेयर बजारले सकारात्मक लय समात्नेमा उनीहरू आशावादी हुनुका कारण पनि छन् । पहिलो, पछिल्लो समय ब्याजदर घटेको छ । र, दोस्रो, शेयर बजारसम्बन्धी नीति खुकुलो बनाइएकाे छ । 

सोमवार ८.७५ अंक घट्यो नेप्से

साताको पहिलो कारोबार दिन सोमवार नेप्से परिसूचक ८ दशलमव ७५ अंक घटेर बन्द भएको छ । यससँगै परिसूचक २ हजार ६० दशमलव १५ विन्दुमा कायम भएको हो ।

यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ०९ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ५० प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशलमव ०९ प्रतिशत घटेको छ ।

३०६ धितोपत्रमध्ये ३०६ धितोपत्रको १ करोड १८ लाख ९२ हजार ५५९ कित्ता शेयर १ लाख २ हजार ९०५ पटकमा रू. ४ अर्ब ४८ करोड बराबरको शेयर कारोबार भएको हो ।

कारोबारमा आएका धितोपत्रमध्ये दुई धितोपत्रको मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ । सिइडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र चिरख्वा हाइड्रोपावरको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएको छ ।  

सोमवार सबैभन्दा बढी मोलुङ्ग हाइड्रोपावर कम्पनीका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ८ दशमलव ०९ प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३७५ मा झरेको छ ।

शेयर मूल्य सबैभन्दा बढी घट्ने सूचीमा दोस्रोमा मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर छ । कम्पनीको शेयर मूल्य ६ दशलमव ५९ प्रतिशत घटेर रू. २७८ कायम भएको छ । 

यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा शिवम् सिमेन्ट्सले ओगटेको छ । यस कम्पनीको रू. २० करोड १३ लाख बराबरको शेयर कारोबार भएको हो । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५७९ कायम भएको छ ।

सर्वाधिक शेयर खरीदविक्री हुने कम्पनीको सूचीमा दोस्रोमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड छ । कम्पनीको रू. २० करोड १२ लाख बराबरको शेयर खरीदविक्री भएको हो । 

यस दिन कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये पाँच समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ ।

हाइड्रोपावर समूहको परिसूचक सबैभन्दा बढी १ दशमलव ७२ प्रतिशत घटेको छ भने लगानी र उत्पादन तथा प्रशोधन समूहको परिसूचक समानदरमा १ दशलमव ०७ प्रतिशत वृद्धि भएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)