ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेप्सेको ओरालो यात्रा निरन्तर, ६ कारोबार दिनमा ११२ अंक घट्यो

२०८० पुस, १७  
लगानी नेप्से विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

कठमाडौं । लगातार ६ कारोबार दिनमा नेप्से परिसूचक १११ दशमलव ७६ अंक घटेको छ । यससँगै नेप्से परिसूचक २ हजार ३० विन्दुमा झरेको हो । साताको दोस्रो कारोबार दिन मंगलवार भने नेप्से परिसूचक ३० दशमलव ०५ अंक घटेको छ ।

बढेको बजारमा नाफा बुक गरेर बसेकाहरू खरीदतर्फ आकर्षित नहुनु र पुस मसान्तको चाप पर्दै जानुले बजार सुधार हुन नसकेको लगानीकर्ता बताउँछन् । यसअघि लगातार सात कारोबार दिन बजार साढे ९ प्रतिशत बढेको थियो । 

पुसमा कर्जाको साँवा–ब्याज भुक्तानी र आय कर तिर्नुपर्ने हुन्छ । यसका लागि लगानीकर्तालाई शेयर विक्री गर्नुपर्ने भएकाले बजार घटेको लगानीकर्ता बताउँछन् । 

मंगलवार सेन्सेटिभ इन्डेक्स १ दशमलव १८ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ५४ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव २५ प्रतिशत घटेको छ । 

३०५ धितोपत्रको १ करोड ११ लाख ८५ हजार ७१२ कित्ता शेयर ८५ हजार ४३५ पटकमा रू. ४ अर्ब ४ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये चिरख्वा हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य १० प्रतिशत बढेसँगै सकारात्मक सर्किट लागेको हो । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५३१ दशमलव ४० पुगेको छ ।

शेयर मूल्य सर्वाधिक बढ्ने कम्पनीको सूचीमा दोस्रोमा मुक्तिनाथ कृषि कम्पनी छ । कम्पनीको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत बढेर रू.५०९ पुगेको छ । 

मंगलवार हिमालयन हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत घटेसँगै नेगेटिभ सर्किट लागेको हो । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ३४८ दशमलव ३० मा झरेको छ । शेयर मूल्य सर्वाधिक घट्ने सूचीमा दोस्रोमा सिटीजन लाइफ इन्स्योरेन्स छ । कम्पनीको शेयर मूल्य ७ दशमलव १८ प्रतिशत घटेर रू. ४९१ कायम भएको छ । 

यस दिन सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा शिवम् सिमेन्ट्सले ओगटेको छ । कम्पनीको रू. १६ करोड ११ लाख बराबरको शेयर कारोबार भएको हो । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५७५ कायम भएको छ । सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा हाथवे इन्भेष्टमेन्ट नेपाल छ । कम्पनीको रू. १५ करोड ३८ लाख बराबरको शेयर खरीदविक्री भएको हो । 

मंगलवार कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक घटेका छन् । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको परिसूचक ३ दशमलव २१ प्रतिशत घटेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)