ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

६ कारोबार दिनपछि बढ्यो नेप्से, जलविद्युत कम्पनीका शेयरमा लगानीकर्ताको आकर्षण

२०८० पुस, १८  
लगानी नेप्से विश्लेषण
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । लगातार ६ कारोबार दिन घटेको नेप्से परिसूचक बुधवार (आज) १ दशलमव ३७ प्रतिशत बढेर बन्द भएको छ । यससँगै परिसूचक २ हजार ५८ विन्दुमा पुगेको हो ।

यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशलमव ९८ प्रतिशत, फ्लोट इन्डेक्स १ दशलमव ३३ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ८६ प्रतिशत वृद्धि भएको छ । घटेको बजारमा खरीदकर्ता आकर्षित भएसँगै बुधवार बजार बढेको हो ।

यसो त पछिल्लो समय ब्याजदर घटेको छ भने शेयर बजारसम्बन्धी नीति खुकुलो बनाइएको छ । यसले शेयर बजारमा सकारात्मक माहोल बनाएको छ । यस कारण पनि शेयर बजारले सकारात्मक लय समात्नेमा यस क्षेत्रका विज्ञ आशावादी छन् ।  

यस दिन ३०६ धितोपत्रको १ करोड ५ लाख ४९८ कित्ता शेयर ९६ हजार २५२ पटकमा रू. ४ अर्ब ४ करोड बराबरको शेयर कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये ६ धितोपत्रको मूल्य १० प्रतिशतका दरले वृद्धि भएको छ ।

दिव्यश्वरी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, पिपुल्स हाइड्रोपावर कम्पनी, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, सोनापुर मिनरल्स एण्ड आयल र मुक्तिनाथ कृषि कम्पनीको शेयर मूल्य १० प्रतिशतका दरले वृद्धि भएको हो । 

बुधवार सबैभन्दा बढी लक्ष्मी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य ५ दशलमव १० प्रतिशत घटेको छ । यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ७४५ मा झरेको छ । 

सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा सोनापुर मिनरल्सले ओगटेको छ । कम्पनीको रू. २६ करोड ६३ लाख बराबरको शेयर खरीदविक्री भएको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४८२ दशमलव ९०  पुगेको छ । सर्वाधिक शेयर खरीदविक्री हुने कम्पनीको सूचीमा दोस्रोमा शिवम् सिमेन्ट्स छ । कम्पनीको रू. २३ करोड ३५ लाख बराबरको शेयर खरीदविक्री भएको छ । 

यस दिन कारोबारमा आएका १३ ओटै समूहगत परिसूचक बढेका छन् । तीमध्ये सबैभन्दा बढी जलविद्युत समूहको परिसूचक ३ दशलमव ०८ प्रतिशत वृद्धि भएको छ । त्यस्तै होटल तथा पर्यटन समूहको परिसूचक २ दशलमव ७० प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक २ दशमलव ०८ प्रतिशत वृद्धि भएको हो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)