ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१० वर्षअघिको आर्थिक अभियानबाट : युद्धका बेला सुनचाँदीभन्दा बियर मूल्यवान् 

२०८० पुस, २२  
१० वर्ष अघि
Aarthik Abhiyan 18th Anniversary Image Not Found

बियरको उच्च विक्रीले एउटा युद्धको अवस्था नै परिवर्तन गरेको हालैको एक अध्ययनले देखाएको छ । द जर्नल अफ अमेरिकन एशोसिएशन अफ वाइन इकोनोमिस्ट्सको अप्रिल अंकमा प्रकाशित एक रिपोर्टमा डच (नेदरल्याण्ड्स) का बासिन्दाले सन् १६४८ मा स्पेनविरुद्धको युद्ध जित्न बियर विक्रीबाट उठेको करको महत्त्वपूर्ण भूमिका रहेको देखाएको छ । बेल्जियमको युनिभर्सिटी अफ लेउभेनका अर्थशास्त्री कोएन डिकोनिंक र अमेरिकाको स्टानफोर्ड युनिभर्सिटीका अर्थशास्त्री प्राध्यापक जोहान स्वीनेनले संयुक्त रूपमा तयार पारेको उक्त रिपोर्टमा स्पेनसँगको युद्धताका बियर विक्रीबाट उठेको राजस्व नेदरल्याण्ड्सका लागि आम्दानीको एकमात्र स्रोत थियो । 

‘त्यस समयको विश्वकै सबैभन्दा शक्तिशाली राज्य (स्पेन)को सामना गरिरहेका डचहरूका लागि बियर एक महत्त्वपूर्ण उत्प्रेरणात्मक पेय पनि थियो,’ रिपोर्टमा भनिएको छ । 

वर्ष ६, अंक २१४, बुधवार, ६ वैशाख, २०६९

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)