ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

१० वर्षअघिको आर्थिक अभियानबाट : निर्माण कार्य छिटो गर्न निर्देशन

२०८० पुस, २७  
१० वर्ष अघि
Aarthik Abhiyan 18th Anniversary Image Not Found

प्रोजेक्ट स्टेयरिङ कमिटीले भारतीय लगानीमा निर्माण भइरहेका विभिन्न आयोजना छिटो सम्पन्न गर्न सम्बद्ध निर्माण कम्पनीलाई निर्देशन दिएको छ । चार दिनसम्म आयोजनाहरूको स्थलगत अनुगमन गरेर निर्माण कम्पनीलाई सो निर्देशन दिइएको भौतिक तथा निर्माण मन्त्रालयका वैदेशिक लगानी महाशाखा प्रमुख रमेशराज विष्टले जानकारी दिए । नेपाल र भारतीय अधिकारीहरू सम्मिलित कमिटीसम्बद्ध टोलीले जनकपुर जयनगर रेलमार्ग वीरगन्जस्थित हुलाकी राजमार्ग र एकीकृत भन्सारचौकीको स्थलगत अनुगमन गरेको थियो । टोलीको नेतृत्व नेपालको तर्फबाट मन्त्रालयका सहसचिव विष्ट र भारतको तर्फबाट विदेश मन्त्रालयका सहसचिव अखिलेश मिश्रले गरेका थिए । २९ किलोमिटर लामो जनकपुर जयनगर रेलमार्ग साँघुरो हुनुका साथै सो रेलमार्गको विभिन्न स्थानमा रहेको स्टेसनमा नयाँ पूर्वाधारहरू निर्माण गर्नुपर्ने स्थिति रहेको विष्टले बताए । उनका अनुसार सो खण्डमा ट्र्याकलाई व्यवस्थित गर्दै ठूलो क्षमताको रेल सञ्चालनका लागि सहयोग गर्न पनि भारत तयार भएको छ ।

वर्ष ६, अंक २१५, शुक्रवार, ८ वैशाख, २०६९

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)