अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतका पर्यटकीय स्थानमा होटलको संख्या बढाउने प्रकिया शुरू भएको छ । स्थानीय नागरिकको सहमति र सरोकारवालासँगको परामर्शबाट आगामी अक्टोबर महीनाभित्र नयाँ होटल निर्माण तथा पुराना चारओटाको क्षमता विस्तार गरिने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का पर्यटन अधिकृत नरेन्द्र लामाले बताए । ‘यसबारे एक्यापले आन्तरिक रूपमा अध्ययन गरिरहेको छ,’ लामाले भने । होटल विस्तारले संरक्षित क्षेत्रको वातावरणमा प्रतिकूल प्रभाव पार्ने भएकाले भूबनोट अध्ययन गरी निर्णय लिनुपर्ने प्रावधान रहेको छ । एक्यापले संरक्षित क्षेत्र व्यवस्थापनका लागि संरक्षित क्षेत्रअन्तर्गत पाँच जिल्लाका ५७ गाविसमा स्थानीय संरक्षण क्षेत्र व्यवस्थापन समिति गठन गरेको छ । ती समितिलाई त्यस क्षेत्रमा आवश्यक पर्यटकीय पूर्वाधार निर्माण र व्यवस्थापनको जिम्मा दिएको छ ।
वर्ष ६, अंक २१५, बिहीवार, ७ वैशाख, २०६९