मानव सूचकांकका कतिपय क्षेत्रहरूमा विश्वको मात्र होइन, सार्क देशहरूभन्दा समेत धैरै पछाडि परे पनि मदिराको मज्जा लिने कुरामा तथ्यांक नै अगाडि तेस्र्याइरहन पर्दैन ।
नेपालका प्राय: घरमा खुलेका किराना पसलहरूमा दूध नपाए पनि हरेक किसिमका मदिरा, बियर र वाइनका ब्राण्डहरू सहजै पाइनु यसको प्रमाण हो । जे होस्, मापसेको मज्जा लिने कुरामा भने नेपालीहरू भाग्यमानी नै मान्नुपर्छ । त्यसै पनि नेपाली बहादुर जाति हो । त्यसैले नेपाली मदिरा पारखीहरूलाई संसारको कुनै शक्तिले पिउनबाट रोक्न सक्दैन ।
ट्राफिकले मापसेविरुद्धको नियम ल्याए पनि, एउटै पसलमा चाउचाउ, चिउरा र मदिरा बेच्न नदिए पनि, टिभी, रेडियो र होर्डिङ बोर्डमा बियर मदिराको विज्ञापन देखाउन नपाए पनि नेपालीको मदिरा मोह लगातार बढिरहेको नै छ । मदिरा पिउन होटल रेस्टुराँ नै धाइरहनुपर्छ र ? वा घरभित्र खुम्चिरहनुपर्छ र ? पर्दैन ।
(तीतोमीठोबाट)
वर्ष ६, अंक २१५, शुक्रवार, ८ वैशाख, २०६९