चमेलिया जलविद्युत् आयोजनाको सुरुङ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । कुल ४ किलोमिटर सुरुङमध्ये ४० मिटर मात्र निर्माण गर्न बाँकी रहेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ । ‘अहिले द्रुत गतिमा सुरुङ निर्माणको काम भइरहेकोले यसको निर्माणको काम एक महीनाभित्र सम्पन्न हुनेछ,’ आयोजनाका निर्देशक गोपालबाबु भट्टराईले भने । ३० मेगावाट क्षमताको सो आयोजनाको निर्माण कार्य सन् २००७ बाट शुरू गरिएको हो । गत फेब्रुअरीसम्ममा काम पूरा हुनुपर्नेमा सुरुङमार्ग बनाउनुपर्ने स्थानको कमजोर भौगोलिक अवस्थाको कारण केही समस्या परेकाले समयमा सम्पन्न गर्न नसकिएको उनले बताए । निर्देशक भट्टराईका अनुसार सन् २०१३ को अगष्टसम्ममा आयोजनाको सबै कार्य पूरा गर्ने लक्ष्य रहेको छ । अहिलेसम्म करीब ८० प्रतिशत काम पूरा भइसकेको पनि उनले जानकारी दिए । सो आयोजना सुदूरपश्चिमको एकमात्र निर्माणाधीन आयोजना हो ।
वर्ष ६, अंक २१५, बिहीवार, ७ वैशाख, २०६९